प्रकाशित मिति : सोमवार, जेष्ठ ७, २०७५
प्ले अफमा छनौट हुने अंकगणितिय सम्भावना मात्र रहेको अवस्थामा मात्र ३ खेल बाँकी रहँदा नेपालका स्टार बलर सन्दीप लामिछानेले डिल्ली डेयर डेभिल्सबाट जारी भारतीय क्रिकेट लिग (आइपिएल)मा बैङलोरको टिम विरूद्ध डेब्यू गर्न पाए।
सो खेलमा सन्दीपले बैङलोरका सुरूवाती ब्याट्सम्यान पार्थिव पटेलको विकेट लिए।
दिल्लीको फिरोज शाह कोटला मैदानमा रोयल च्यालेन्जर्स बैंलोरविरूद्ध बलिङ गरेका लामिछानेले ४ ओभर बलिङ गर्दै २५ रन खर्चिए र सबैभन्दा कम इकोनोमी ओभर बलर भए।
त्यस्तै चेन्नई सुपर कि.सविरूद्ध पनि उनले उत्कृष्ट बलिङ गर्दे भारतीय स्टार ब्याट्सम्यान सुरेश रैनालाई आउट गरे। सो खेलमा उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर १ विकेट लिए।
त्यस्तै दिल्लीको यस वर्षको अन्तिम आइपिएल खेलमा उनले मुम्बई इन्डियन्स विरूद्ध ४ ओभर बलिङ गर्दै ३६ रन दिदैं महत्वपूर्ण ३ विकेट झारेर आफूलाई उत्कृष्ट सावित गरे।
विराट कोहली, महेन्द्र सिंह छोनी जस्ता ब्याटसम्यानले समेत उनको बलिङमा आफूलाई होशियार राखे।
यसरी तीन खेलको उत्कृष्ट प्रदर्शनपछि सन्दिपलाई लामो समय किन बेन्चमा राखियो भनेर प्रश्न उठाइएको छ। टिमका प्रशिक्षक रिक्की पोन्टिङले सन्दिपमाथी भरोसा भएपनि विदेशी खेलाडीको कोटाका कारण मैदानमा उतार्न ढिला भएको बताएका छन्।
‘सन्दीपको प्रतिभामा हामीलाई शंका थिएन । तर, हामीसँग राबाडा, क्रिस मोरिस, ग्लेन म्याक्सवेल जस्ता अनुभवी खेलाडी थिए । त्यसैले विदेशी कोटामा सन्दीपलाई अटाउन गाह्रो भयो’, पोन्टिङले भने।
स्पट्टिकरणसँगै पोन्टिङले अन्तिम ११ मा पर्नका लागि १७ वर्षिय सन्दिपले गरेको मेहेनतको पनि प्रशंसा गरे।
‘हामीले गएको ८-९ हप्तादेखि उनलाई हेरिरहेका छौं । उनी हरेक दिन बिहानदेखि बेलुकासम्म नथाकिकन बलिङ अभ्यास गरिरहन्थे र उनको अनुहारबाट मुस्कान कहिल्यै टुटेन । यस्ता युवा खेलाडीहरु देख्दा असाध्यै खुशी लाग्छ ।’
उनले आइपिएलमा सन्दिपको करियर सफल र लामो हुने आशा राखेको पनि बताए।
सन्दीपको टोली यस वर्षको आइपिएलको अंकतालिकाको अन्तिममा रहन पुगेको छ। उसले १४ खेलमा ९ खेलमा हार बेहोरेको छ भने ५ खेलमा जीत हासिल गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij