आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वकप लागि जर्मनीको अन्तिम टोली घोषणा, लेरोए साने टोलीमा अटाएनन्

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २२, २०७५



  • काठमाडौं, जेठ २२ । साविक विजेता जर्मनीले आगामी हप्ता रुसमा सुरु हुने विश्वकप फुटबलका लागि अन्तिम टोली घोषणा गरेको छ ।

    प्रशिक्षक वाकिम लोले सार्वजनिक गरेको २३ खेलाडीको सूचीमा इङ्लिस क्लब म्यानचेस्टर सिटीका खेलाडी लेरोए साने भने अटाएनन् ।

    सानेले दुई दिनअघि मात्रै अष्ट्रिया विरुद्धको मैत्रिपूर्ण खेलमा जर्मनीका लागि सुरुवात गरेका थिए । उनको साथै सुरुवात गरेका अर्का खेलाडी निल्स पेटेरसन पनि अन्तिम टोलीमा परेनन् ।

    प्रशिक्षक लो ले छानेका खेलाडीमा गोलकिपरतर्फ म्यानुयल नोया, मार्क आन्द्रे टेर स्टेगन र केभिन ट्राप रहेका छन् ।

    यसैगरी डिफेन्डरहरुमा म्याट ह्युमल्स, जोसुवा किमिच, जोनास हेक्टर, जेरोम बोआटेङ, एन्टोनियो रुडिगर, निक्लास सुले, माथियास गिन्टर र मार्भिन प्लाटेनहार्ड्ट रहेका छन् ।

    जर्मनीको विश्वकप टोलीमा मिडफिल्डर र फरवार्डतर्फ जुलियन ड्राक्सलर, सामि खेडिरा, टोनी क्रुस, टिमो वेर्नर, इके गुन्डोगान, मारियो गोमेज, लियोन गोरेट्ज्का, मेसुट ओजिल, थोमस मुलर, मार्को रियुस, सेबास्टियन रुडी र जुलियन ब्रान्ड्ट रहेका छन् ।

    आसन्न विश्वकप फुटबलमा जर्मनीले १७ जुनमा मेक्सिकोसँग पहिलो खेल खेल्नेछ । जर्मनी रहेको समुह एफ मा मेक्सिकोसँगै स्विडेन र दक्षिण कोरिया रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij