प्रकाशित मिति : शुक्रबार, जेष्ठ २५, २०७५
आज मिति २०७५-०२-२५ गते शुक्रवार तदनुसार ८ जुन २०१८, अधिकज्येष्ठ कृष्ण पक्ष नवमी तिथि विहान ०८: ४२ बजे सम्म । आजको नक्षत्र उत्तराभाद्रपदा वेलुका १९ : २२ बजे सम्म ।
कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद् ज्यौतिष परामर्श केन्द्र वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा बिजौरी,दाङ भेटने समय ः– विहान ०६—०९ः३० दिवा ०२—०६ वजे सम्म ९८४७८२२७११,९८४७८३३६२३
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । अध्ययनमा रुचि घट्ने छ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । मीष्ठान्न भोजन तथा धनलाभहुने दिन रहेको छ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । आज तपाइका लागि सहयोगी हातहरु प्रशस्त भेटिने छन् ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । आज रमाइलो यात्रा हुने दिन रहेकोछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेकोछ । उत्तम वस्त्र प्राप्त हुनेछ ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । अध्ययनमा रुचि घट्ने छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रहरुबाट सहयोग मिल्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । धन तथा प्रिय पदार्थको नोक्सानी हुने योग छ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । खानपानमा ख्याल गर्न आवश्यक छ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । वरिवारबाट पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
मनमा असन्तोष बढनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ विचार पु¥याउनु होला । घाँटिमा समस्या आउन सक्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । स्वादिष्ट भोजन तथा उपहार प्राप्तहुने योग रहेकोछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij