मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

समुदायसंग सरकारी वकिल

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २५, २०७५



  • शिवराज पन्थी , गढवा (दाङ)

    गढवा, २५ जेठ । गढवा गाउँपालिका वडा नं. ६ निवासी मधा न्यौपानेलाई सरकारी वकिल कार्यालयले सरकारवादी मुद्धाको पक्षमा अदालतमा वकालत गर्छ भन्ने सम्म स्पष्ट जानकारी थिएन् ।‘महिला माथि जघन्य प्रकारका हिंसाहरु भैरहेका छन् ।

    बलात्कृत हुनु परेको छ । घरेलु हिंसा त कति छन् कति , यस्तो समस्यामा पिडितले आफै मुद्धा लड्नुपर्छ कि जस्तो लागेको थियो । आफै वकिल खोज्नु पर्छ, फिस तिर्नुपर्छ कि जस्तो लागेको थियो’उहाँले गढवामा आएका सरकारी वकिल संग भन्नुभयो–‘हामी महिलाहरुलाई थाहा नभएका विषय धेरै रहेछन् ।

    सरकारी वलिक कार्यालयले त सरकारबादी मुद्धाको पक्षमा पो वकालत गर्ने काम गर्दाेरहेछ ।’

    न्यायाधिस, वकिलहरु कमै गाउँमा जान्छन् । अदालत सम्म पुग्न पनि मुस्किल पर्छ । अड्डा, अदालत जाँदा मुद्धा, मामिला गर्दा धेरै पैसा खर्च हुन्छ भन्ने सामाजिक भ्रम छ ।

    विपन्न, सिमान्तकृत तथा महिलाहरुको लागि अदालतको सेवा अझ टाढाको विषय बन्छ । तर, शुक्रबार गढवा आएका सरकारी वकिल कार्यालयका प्रमुख, उच्च अदालत तुलसीपुरका वकिल र जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख समक्ष यहाँका महिलाहरुले सहज न्यायको लागि भुमिका खेल्न आग्रह गरेका छन् ।

    ‘सरकारी वकिल गाउँमा आएको पहिलो पल्ट देखें, अन्यायमा परेको बेला न्याय खोज्न अदालतमा जाँदा सरकारी वकिल भेट्न गाह्रो हुन्छ, प्राईभेट वकिलबाट नै मुद्दा लेखाएर अदालतमा जानु पर्छ भन्ने सुनेको छु’ गढवा–६ वालाखुटीकि गिता पन्थिले भन्नुभयो–‘ तर यसरी सरकारी वकिलहरु गाँउमै पुगेर मेलमिलापकर्ता, निगरानी समूह र बिपन्न तथा सिमान्तकृत समुदायका महिलाहरुलाई कानूनका बिषयमा ज्ञान दिनु धेरै राम्रो लाग्यो ।’

    धेरै महिलाहरु हिंसामा परेपनि न्यायकोलागि अदालत सम्म मुस्किलले पुग्नेहरु छन् ।‘अदालतले दिने सेवा सुविधाको वारेमा सवैलाई जानकारी छैन’ गढवा स्थित निगरानी समूहका अध्यक्ष खिमादेवी रिजालले भन्नुभयो–‘अदालतको सेवा सुविधा पनि सवैलाई जानकारी दिन अभियान थाल्नुपर्छ ।’

    सामान्य महिलाहरु अन्यायमा परेभने उजुरी गर्न प्रहरी कहाँ जाँदा निवेदन बाहिर लेखाएर ल्याउनुस भन्छन् जाहेरी लेख्न सबैले जान्दैनन् र अदालतको लेखापढी लाईसेन्स नभएकालाई अधिकार पनि हुन्न, वकिल खोज्न सामान्य महिलाहरु कहाँ जाने, त्यसैले जाहेरी वा निवेदन लेखिदिने परिपाटीको सहज ब्यवस्था गर्न प्रहरीलाई कार्यक्रमका सहभागिहरुले अनुरोध गरे ।

    बिपन्न र सिमान्तकृत महिलाहरुको शुरक्षा र न्यायमा पहुँच अभिबृद्धि गराई न्याय माग्न उनिहरुलाई अदालत र सरकारी वकिल समक्ष जान सहज वातावरण बनोस भनेर यस्तो कार्यक्रमको आयोजना गरेका हौं, सर्च फर कमन ग्राउण्ड दाङका संयोजक राजेन्द्र अधिकारीले बताउनु भयो ।

    हाम्रो समाजमा हुने गरेका सामाजिक मुल्य मान्यतामा अधारित लैगिक बिभेद न्यूनिकरण गर्न आयोजना २ दिने अभिमुखिकरण कार्यक्रममा सरकारी वकिलहरुलाई आमन्त्रण गरि महिलाहरुलाई कानूनहरुको बारेमा जानकारी गराईएको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका कार्यक्रम संयोजक गिरिराज भट्टलेले जानकारी दिनुभयो ।

    समुदायलाई सहज तरिकाले न्यायको पहुँच सम्म पु¥याउन सहयोग गर्ने उद्देश्यले पहुँच परियोजना अन्तर्गत सर्च फर कमन ग्राउण्ड, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र र कानून अन्बेषण तथा स्रोत विकाश केन्द्र(सेलर्ड) दाङले सरकारी वकिललाई नागरिकहरु समक्ष उपस्थित गराएको हो ।

    कार्यक्रममा तुलसीपुर उच्च अदालतका निमित्त प्रमुख चक्रदेव आचार्य, बरिष्ठ अधिवक्ता डिल्लिराज धिताल, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रबहार सिंजाली, सेलर्ड दाङका कार्यक्रम संयोजक मोहन धितालले सरकारी वकिल कार्यालयले दिने सेवाको वारेमा प्रकाश पार्नु भएको थियो ।

    कार्यक्रममा सरकारी वकिल लगायत सेलर्ड दाङका संयोजक मोहन धिताल, गढवा गाउँपालिका महिला तथा वालवालिका शाखाका सहायक महिला विकाश अधिकृत जिवन कुमारी जिसी, सहायक चन्द्रा वली, राजेन्द्र अधिकारी र गिरिराज भट्ट लगायतले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij