प्रकाशित मिति : शनिबार, जेष्ठ २६, २०७५
विश्वकपको पूर्वसन्ध्यामा उरूग्वेले शुक्रबार राति उज्वेकिस्तान सहजै हराएको छ।
विश्वकप अघिको आफ्नो अन्तिम अभ्यास खेलमा जित निकाल्ने क्रममा उरुग्वेले उज्वेकिस्तानमाथि ३–० को अन्तर निकालेको हो।
उरूग्वेलाई जिताउन लुईस स्वारेज, जर्जिएन डी अरास्काएटा र मिनेटमा मारिया गिमिनेजले गोल गरे।
उरूग्वेले पहिलो हाफमा एक-शून्यको अग्रता लिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै ३-० को जित निकाल्यो।
खेलको ३२ औं मिनेटमा जर्जिएन डी अरास्काएटाले गोल गर्दै उरूग्वेलाई सुरुवाति अग्रता दिलाए।
पहिलो हाफ १ गोलले पछि रहेको उज्वेकिस्तानले दोस्रो हाफमा थप दुई गोल खायो।
५४ औं मिनेटमा पेनाल्टीबाट लुइस स्वारेजले गोल गर्दै अग्रता दोब्बर पारे। यस्तै ७३ औं मिनेटमा मारिया गिमिनेजले गोल गर्दै उरूग्वेको जित निश्चित गरे।
खेलको ७९ औं मिनेटमा कोमिलोभ रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि उज्वेकिस्तान १० खेलाडीमा सीमित भएको थियो।
समूह ए मा रहेको उरूग्वेले आयोजक रूससहित साउदी अरेबिया र इजिप्टसँग प्रतिश्पर्धा गर्नेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij