प्रकाशित मिति : शनिबार, जेष्ठ २६, २०७५
मधु पौडेल, बाँके जेष्ठ २६

नेपालगंज नगरपालिकाको वडा १२ को आयोजनामा आज शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शनिवार विहान १० वजे देखी ३ बजे सम्म शिविर सञ्चालनमा ल्याएर १५० जनाले स्वाथ्य शिविरबाट प्रत्येक्ष लाभ लिएको वडा १२ का वडा अध्यक्ष वुद्धिसागर सुवेदीले जानकारी दिए ।
अध्यक्ष सुवेदीका अनुसार स्वस्थ्य चेक जाचमा आएका मध्ये ३ जनालाई कुष्टरोग भएको पाइएकोमा थप उपचारका लागि नेपालगंज मेडिकल कलेजमा पठाएको बताए ।
सो शिविरमा तिन प्रकारका सेवाहरु प्रदान गरीएको थियो जसमा फिजिसियन सेवा अन्तर्गत पेट ,छाती,मृगौला, मुटु ,बाल रोग सेवा अन्तर्गत बालबालिका तथा नवजात शिशुको लागि र नाक कान धाँटी सम्वन्धी उपचारको व्यवस्था मिलाइएको थियो ।


डा. नितु बस्नेत ,डा. सुभाष योगी तथा मेडिकल कलेजका प्रशासन अधिकृत कुमार अधिकारीले शिविरमा आएकालाई सेवा दिएको वडा सदस्य दिनेश राज पन्त ले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij