मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ज्येष्ठ नागरिक शारीरिक दुव्र्यवहारबाट पीडित

  • प्रकाशित मिति : शुक्रबार, असार १, २०७५



  • काठमाडौँ, १ असार (रासस) – ज्येष्ठ नागरिकले शारीरिक, मानसिक र यौनिक दुव्र्यवहारबाट आफूहरु पीडित हुनु परेको गुनासो गरेका छन् ।

    राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले आज यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्ध १३औँ विश्व चेतना दिवस अन्तरक्रियामा ज्येष्ठ नागरिक लक्ष्मण थापाले ज्येष्ठ नागरिक शारीरिक, मानसिक र यौनिक जस्ता कुनै पनि समस्याबाट अछूत रहन नसकेको बताउँदै भन्नुभयो, “प्रत्येक घरमा आफ्नो सन्तानबाट नै ज्येष्ठ नागरिकलाई अपमानजनक व्यवहार हुने गरेको छ । ज्येष्ठ नागरिक मोहन केसीले नेपाली सञ्चारमाध्ययमले ज्येष्ठ नागरिकको दुव्र्यवहारबाट हुने पीडालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो
    अर्का ज्येष्ठ नागरिक माधवप्रसाद घिमिरेले राज्यले कानून निर्माण गरे पनि कार्यान्वयन हुन नसक्दा समस्या छ भन्दै कार्यान्वयन गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले पाटीपौवा, शौचालय, सडक जस्ता स्थान ज्येष्ठ नागरिकमैत्री हुनुपर्ने बताउनुभयो ।

    महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकको समस्या छिटो सम्बोधन गर्नका लागि कानून कार्यन्वयन र छुट्टै आयोग गठन गर्न आग्रह गर्नुभयो । सांसद् पार्वत गुरुङले सबै सन्तानले आफ्ना बाबुआमालाई सम्मान र माया गर्ने हो भने यस क्षेत्रको समस्यामा कमी आउने बताउनुभयो ।

    जेरियाट्रिक सेन्टर नेपालले सन् २००८ देखि २०१० सम्म गरेको एक अध्ययनले ११७ ज्येष्ठ नागरिकमाथि भएको घटनामध्ये ४३ प्रतिशत शारीरिक दुव्र्यवहार हुने गरेको छ । यसरी पीडित हुनेमा सबैभन्दा बढी ६० देखि ७० वर्ष उमेर समूहका रहेको अध्ययनले देखाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij