बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

उद्यमी तयार गर्दै गाउँपालिका

  • प्रकाशित मिति : बुधबार, असार २०, २०७५



  • बागलुङ, २० असार (रासस)- ताराखोला गाउँपालिकाले स्थानीय स्रोत साधनमा आधारित उद्यमशीलता प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ ।

    जनशक्तिलाई उत्पादनसँग जोडेर स्वाधीन गाउँपालिका बनाउने लक्ष्यका साथ उक्त कार्यक्रम अघि बढाएको हो । उद्यम विकास कार्यक्रमले रोजगार सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढ्ने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो ।

    “यहीँको स्रोत साधनको उपयोगबाट उद्यम चलाउने योजना छ”, उहाँले भन्नुभयो, “यसबाट गाउँगाउँमा उद्यमी तयार हुन्छन् ।” स्थानीय आवश्यकता र सम्भावना पहिचान गरेर उद्यम विकासमा गाउँपालिकाले सघाउने उहाँको भनाइ छ । गाउँपालिकाले चालु आवमा उद्यममा लाग्न इच्छुक समूह र संस्थालाई ज्ञान, सीप, प्रविधि र उपकरण प्रदान गरेको छ ।

    स्थानीय उद्यमीले पहिलोपटक अल्लो प्रशोधनका लागि आधुनिक उपकरण पाएका छन् । गाउँपालिकाले रु सात लाख ५० हजारको उक्त यन्त्र वडा नं ५ को सोनाम अल्लो कपडा समूहलाई प्रदान गरेको हो । प्रशोधनसहित धागो निकाल्न प्रयोग हुने पाँच प्रकारका उपकरण समूहले पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपलाल भुसालले बताउनुभयो ।

    अल्लोको व्यावसायिक प्रवद्र्धनका लागि गाउँपालिकाले उपकरण उपलब्ध गराएको हो । यसअघि आधुनिक प्रविधि नहुँदा हातैले अल्लो चुटेर धागो निकाल्नुपर्ने अवस्था थियो । घरेलु प्रविधिबाट उत्पादन न्यून हुने हुँदा सोचेजति व्यवसायीकरण हुन सकेको थिएन । नयाँ प्रविधिले गुणस्तरीय अल्लोको धागो उत्पादनमा सघाउ पु¥याउने ठानिएको छ ।

    “उपकरणको अभावमा अल्लोको उत्पादन संकटमा परेको थियो”, भुसालले भन्नुभयो, “अब उत्पादन बढ्ने र बजारीकरण हुनेमा हामी विश्वस्त छौँ ।” गाउँपालिकाले वडा नं २ को लेकाली अल्लो समूहलाई अल्लोको कपडा बुन्ने तानसमेत उपलब्ध गराएको छ । रु ३५ हजार मूल्यको उक्त तानबाट कपडा, झोला, टोपीलगायत सामग्री बुन्न सकिनेछ ।

    गाउँपालिकामा रहेका अन्य समूहले पनि नयाँ प्रविधिको माग गरेका छन् । गाउँपालिकाले आगामी आवमा उद्यम विकास कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । ताराखोलामा अल्लो प्रशस्त पाइने हुँदा त्यसको व्यावसायिक प्रवद्र्धनमा गाउँपालिका लागिपरेको छ । अल्लोको प्रवद्र्धनका लागि स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायतले अल्लोबाट बनेका कपडा र सामग्री अनिवार्य प्रयोग गर्ने व्यवस्था गरिने भएको छ ।

    यस्तै अन्यत्र बजारीकरणका लागि पनि गाउँपालिकाले सघाउ पु¥याउनेछ । अल्लो पहाडी भू–भागमा पाइने वनस्पति हो । अल्लोको बोक्रामा हुने रेशा नरम, बलियो र चम्किलो हुने हुँदा धागो बनाउन प्रयोग गरिन्छ । अल्लोको धागोबाट जुत्तादेखि, कपडा, झोला, टोपीलगायतका सामग्री बनाउन सकिन्छ । स्थानीय उत्पादन भएकाले अल्लोको कपडाप्रति प्रयोगकर्ताको आकर्षण छ ।

    उद्यमीले अल्लोको कपडाबाट पर्याप्त आम्दानी गर्न सकिनेछ । अल्लोसँगै ढाका बुनाइ, सिलाइकटाइ, सिकर्मी, डकर्मीलगायतका सीपमूलक तालीम पनि गाउँपालिकाले सञ्चालन गर्दैआएको छ । अन्य सरकारी निकाय र संघसंस्थासँग सहकार्य गरेर उद्यम विकासमा अघि बढ्न गाउँपालिकाले योजना बनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    परदेशमा रहेका नेपालीहरूको तिहार: भिडियो कलकै भरमा भाइटीका
    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij