शुक्रबार, मंसिर १२, २०८३ | Friday 27th November 2026

नवरात्रको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

  • प्रकाशित मिति : सोमवार, अशोज २६, २०८३



  • काठमाडौं। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ।

    नवरात्रको पहिलो दिन आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ।

    नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ।

    संसारका समग्र प्राणीलाई सच्चिदाननद रूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो।

    नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आरधना गरिने हनुमानढोका दरबारस्थित दशैं घरमा पनि विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बराह सहकारीको १० अर्ब ७३ करोड अपचलन आरोपमा संस्थापकसहित दुई पक्राउ
    दल त्याग गरेका जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त
    राजस्व चुहावटमा ५३ करोडभन्दा बढी जरिवाना र दुई वर्ष कैद तोकिएका श्रीवास्तव पक्राउ
    DSP हरि बस्नेतलाई दमकबाट भव्यताका साथ विदाई
    वित्तीय अपराध अनुसन्धानमा सबै सरोकारवाला निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य- IGP डा. मनोज कुमार केसी
    DIGP दिपेन्द्र जिसीद्वारा पर्वत प्रहरी कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन
    कार्कीको रिट निवेदनमा मंगलबार तोकिएन पेशी
    सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
    कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा
    जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij