बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

एकीकृत कृषि बजार केन्द्र स्थापना हुँदै

  • प्रकाशित मिति : बुधबार, असार २०, २०७५



  • बुटवल, २० असार (रासस)-रुपन्देहीको सैनामैना र बुटवलमा एकीकृत कृषि बजार केन्द्र (अत्याधुनिक ग्रीनपार्क) स्थापना गरिने भएको छ ।

    यहाँको कृषि बजारलाई विस्तार गर्ने, आयात प्रतिस्थापन र निर्यातमा जोड दिँदै किसानलाई उत्पादनमा प्रोत्साहन गर्नेगरी परियोजना निर्माण हुन लागेको हो ।

    रुपन्देहीमा मुलुककै नमूना कृषि बजारको सम्भावना रहेको भन्दै संघीय सरकारले बुटवल उपमहानगरपालिका– १६ र सैनामैना नगरपालिका– १ को संगमस्थल डहरगाउँ–कर्साघाट क्षेत्रमा उक्त ग्रीनपार्क निर्माणका लागि प्रस्ताव गरिएको बुटवल नगरपालिकाले जनाएको छ ।

    यसका लागि प्रस्तावित जग्गामा डिपीआर बनाउनेबारे छलफल शुरु भएको छ । बुटवलको २० र सैनामैनाको पाँच बिगाहा जग्गामा पार्क निर्माणका लागि प्रस्ताव गरिएको छ । अहिले सो जग्गाबारे अध्ययन भइरहेको छ ।

    एकीकृत कृषि बजार संघीय सरकारले यहाँका दुई नगरपालिकासँगको सहकार्यमा बनाउन लागेको अत्याधुनिक र ड्रिम प्रोजेक्ट भएको बताइएको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले यसलाई कृषि अनुसन्धान केन्द्र तथा शीतभण्डारका रुपमा विकास गरिने उल्लेख गर्दै झण्डै रु दुई अर्बको योजना भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कृषिमा यो अवधारणाले नयाँ प्रयोग र नयाँ अनुसन्धान हुनेछ ।” कृषि क्षेत्रबाट आयआर्जन बढाउने र समग्र प्रदेश नं ५ को विकासमा टेवा पु¥याउन परियोजनाले काम गर्नेछ ।

    बुटवलका नगरप्रमुख शिवराज सुवेदी र सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले संघीय सरकारलाई संयुक्त पत्र लेख्दै सम्भावित जग्गाको प्रस्ताव गर्नुभएको थियो । बुटवलको कृषिउपज केन्द्र नौ महिनाअघि निर्माण भएको हो । यहाँ वार्षिक ८५ हजार मेट्रिक टन बराबरको कृषिउपजको कारोबार भएको छ ।

    व्यापारको अनुपात वर्षेनी बढ्दो क्रममा रहेकाले यो साँघुरो र अव्यवस्थित हुँदै गएको छ । यहाँ स्वदेशी उत्पादनका अतिरिक्त भारत र चीनलगायतका मुलुकबाट फलफूल र तरकारीको आयात गरिँदै आएको छ ।

    आर्थिक वर्ष २०७५÷७६ को बजेटमा पनि अत्याधुनिक बजार निर्माण गर्ने विषयलाई दुवै नगरपालिकाले प्राथमिकता दिएका छन् । कृषि क्षेत्रलाई रु ४० अर्ब १४ करोड पाँच लाख रकम विनियोजन गरेको छ । अहिले अगाडि बढाइएको परियोजनामा यस वर्ष विस्तृत अध्ययन सकेर अर्को वर्षदेखि निर्माण शुरु हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    परदेशमा रहेका नेपालीहरूको तिहार: भिडियो कलकै भरमा भाइटीका
    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij