आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सप्तकोशीमा कटानको जोखिम छैन

  • प्रकाशित मिति : बुधबार, असार २०, २०७५



  • इटहरी, २० असार (रासस) । पूर्वी पहाडी क्षेत्रसँगै तराईका भू–भागमा अविरल वर्षा जारी रहेकाले विभिन्न स्थानमा डुबान हुने क्रम बढेपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।

    बाढी घटबढका कारण सप्तकोशी नदीको बहाव पनि त्यहीअनुरुप बढ्ने र घट्ने क्रममा रहेको बताइएको छ । तर खतरा भने नभएको सुनसरी प्रशासनले जनाएको छ ।

    सप्तकोशी नदीको पूर्वी तथा पश्चिमी क्षेत्रका तटबन्धन कटानमा नरहेको र तीव्र कटानको जोखिम पनि नरहेको प्रशासनको भनाइ छ । वर्षा भएमा नदी आसपासमा सतर्कता अपनाउन भनिएको छ ।

    आज अपराह्न ४ बजे सप्तकोशी नदीमा यो वर्षकै सबैभन्दा उच्च एक लाख ३८ हजार ६० क्यूसेक प्र्रतिसेकेण्ड बाढीको बहाव मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल कक्षको सूचना विभागले जानकारी दिएको छ । अहिले ब्यारेजको कुल ५६ ढोकामध्ये सहज रुपमा बाढी बहाव सन्तुलनका लागि २२ ढोका खोलिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij