बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

रतुवा खोलाले दुई परिवार विस्थापित

  • प्रकाशित मिति : बिहिबार, असार २१, २०७५



  • दमक, २१ असार (रासस)- रतुवा खोलामा आएको बाढीले झापा, दमक–७ को दुई घरका परिवार विस्थापित भएका छन् ।

    बाढीले घरतर्फ कटान तीव्र बनाएपछि स्थानीय रेडक्रस मार्गको अविकेशर श्रेष्ठ र अर्जुन तिम्सिनाको घरपरिवार विस्थापित भएका हुन् । विस्थापित श्रेष्ठको चार कोठे पक्की घर र तिम्सिनाको दक्षिणतर्फको भाग खोलाले कटान गरेको छ । श्रेष्ठ घरमै किराना पसल सञ्चालन गर्दै आउनुभएको थियो ।

    उहाँले विसं २०४७ देखि बसोबास गरी आए पनि हालसम्म त्यस्तो जोखिम नआएको तर अहिले भने कटानले उठीबास गराएको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “दुई दिन भयो, बाढीले गर्दा रातभरि जाग्राम बस्नुपरेको छ ।” कटान झनै बढ्न थालेपछि आजदेखि श्रेष्ठ परिवार विस्थापित भएका छन् ।”

    केही दिनयता परेको अविरल वर्षाका कारण रतुवा खोलातर्फको बस्तीमा कटान तीव्र बनाएको छ । वर्षाकै कारण त्यहाँको नेपाल रेडक्रस सोसाइटी उपशाखा डुबानमा परेको छ । उपशाखाको कार्यालय भवन जलमग्न हुँदा जेनेरेटरमा क्षति पुगेको उपशाखा सचिव रमेश गुरागाईंले बताउनुभयो ।

    वडाध्यक्ष भीम पौडेलका अनुसार बाढीले बस्ती क्षेत्रमा कटान तीव्र बनाएपछि विस्थापितसहित त्यस बस्तीका बसोबास गरी आएका दुई दर्जन बढी घर परिवार प्रभावित भएका छन् । बढी कटान क्षेत्रमा परेको सो बस्तीको आज नै दमक नगरपालिकाले अवलोकनसमेत गरेको छ । अवलोकनमा नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, वडाध्यक्ष पौडेललगायत हुनुहुन्थ्यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    परदेशमा रहेका नेपालीहरूको तिहार: भिडियो कलकै भरमा भाइटीका
    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij