आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आफ्ना शेयर सदस्यको निःशुल्क उपचार गर्दै सहारा

  • प्रकाशित मिति : बिहिबार, असार २१, २०७५



  • सुरुङ्गा, झापा, २१ असार (रासस) – सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले ४४५ जनाको निःशुल्क उपचार गरेको छ ।

    आफ्ना शेयर सदस्यको निःशुल्क औषधिउपचार गर्ने मुख्य उद्देश्यसहित सहकारीले सञ्चालन गरेको जीवन बरदान कार्यक्रमअन्तर्गत उनीहरुको निःशुल्क औषधि उपचार गरेको हो ।

    सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीका अनुसार सहकारीको आर्थिक वर्ष २०७४÷७५ मा रु ७२ लाख सात हजार खर्च भएको छ । दुईवटा आयुर्वेद औषधालयसहित ३३ वटा अस्पतालबाट सहकारीले उक्त सेवा प्रदान गर्दै आएको छ । सहकारीका शेयर सदस्य बिरामी परे शल्यक्रिया, एनएसथेसिया पोष्टअप÷एचडियू, आइसियु÷एनआइसियूसम्मको खर्च सहकारीले व्यहोर्ने गरेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताउनुभयो ।

    फेमली हेल्थ नेपालको प्राविधिक सहयोगमा सहकारीले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रमबाट प्रदेश नं १ का सहाराका सम्पूर्ण शेयर सदस्य लाभान्वित भएका छन् । सहकारीले आगामी २०८० सालदेखि सम्पूर्ण शेयर सदस्यको निःशुल्क स्वास्थ्य उपचार गर्ने लक्ष्य लिएको सहकारीका कार्यकारी निर्देशक गिरीले बताउनुभयो ।

    सहकारीमा एक लाख ३० हजार ८०१ शेयर सदस्य छन् । संस्थाको कूल सम्पति दायित्व रु छ अर्ब ७९ करोड ३९ लाख २१ हजार रहेको सहकारीका अध्यक्ष सञ्जेलले बताउनुभयो । सहकारीले सञ्जीवनी कार्यक्रमसमेत सञ्चालन गर्दैआएको छ । सहकारीले आफ्ना शेयर सदस्यलाई रक्तचाप र मधुमेहको औषधिमा ५० प्रतिशत छुट दिँदै आएको छ । “यस वर्षबाट थाइराइडको समेत औषधि उपलब्ध गराउँछौँ,” गिरीले भन्नुभयो । आगामी दिनमा संस्थाले १० वटा जटिल रोगको औषधिमा सहयोग पु¥याउने लक्ष्य राखेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij