आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शुक्रबार बालाजु क्षेत्रमा विद्युत् कटौती हुने

  • प्रकाशित मिति : बिहिबार, असार २१, २०७५



  • काठमाडौँ २१ असार (रासस) – वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ ।

    प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार प्रणालीको सुधार तथा सडक विस्तारका लागि शुक्रबार विद्युत् कटौती गर्न लागिएको हो ।

    बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनअन्तर्गतका फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको बताउनुभयो । बालाजु–नागार्जुन फिडरअन्तर्गत जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

    यस्तै बालाजु–धर्मस्थलीअन्तर्गत पुरानो गुह्ेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत् आपूर्ति बन्द हुनेछ । प्राधिकरणले पछिल्लो समय वितरण केन्द्रको क्षमता विस्तार, प्रसारण प्रणालीको सुधार तथा बढी भार परेका क्षेत्रमा सुधारको काम गर्दै आएको छ ।
    –––

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij