बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मुखियालाई राष्ट्रपति कृषक पुरस्कार

  • प्रकाशित मिति : शुक्रबार, असार २२, २०७५



  • महेन्द्रनगर, धनुषा, २२ (रासस) -माछा उत्पादनमा देशभरमै उत्कृष्ट ठहरिएका धनुषाका बौएलाल मुखिया राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

    कृषिमन्त्री चक्रपाणि खनालले मुखियालाई बुधबार उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गर्नुभएको हो । पुरस्कारको राशी रु एक लाख रहेको छ ।

    बौएलालले माछापालनबाट वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दैआउनुभएको छ । धनुषा सहिदनगर नगरपालिका–४ नन्नुपट्टीका ७० वर्षीय मुखियाले १३ बिगाहा जग्गामा ‘मुखिया मत्स्य प्रजनन फार्म’ सञ्चालन गर्नुभएको छ । उहाँले २०२९ सालदेखि माछापालन गर्दैआउनुभएको छ ।

    मुखियाले निजी स्तरमा करिब ५० बिघा जग्गा भाडामा लिएर ४० वटा माछा पोखरी र नर्सरी पोखरी निर्माण गर्नुभएको छ । उहाँले वार्षिक रु सात करोड बराबरका माछाका भुरा र करिब ३०० क्विन्टल माउ माछा बिक्री गरिरहनुभएको छ । फार्ममा उत्पादित माछाका भुरा काठमाडौँ, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरीलगायत जिल्लाका किसानले खरिद गर्ने गरेका छन् ।
    –––

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij