प्रकाशित मिति : आइतवार, असार २४, २०७५
कञ्चनपुर, २४ असार (रासस)- कञ्चनपुरको बेलौरी नगरपालिका हात्तीबोझाका ५६ वर्षीय प्रसाद रानाको खोलामा डुबेर आज मृत्यु भएको छ ।
घर नजिकैको सुतिया खोलामा माछा मार्ने क्रममा रानाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीÔक ज्ञानबहादुर सेटीले बताउनुभयो । खोलामा डुबेको केही घण्टापछि मात्रै रानाको शव फेला परेको उहाँले बताउनुभयो । रानको शव आफन्त जिम्मा लगाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij