बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

हरेक नेपाली एक हितग्राही खाता कार्यक्रम सञ्चालन गर्दै बोर्ड

  • प्रकाशित मिति : सोमवार, असार २५, २०७५



  • काठमाडौँ, २५ असार (रासस)- हरेक नेपाली नागरिकको अनिवार्यरुपमा एक बैंक खाता अनिवार्य खोल्नैपर्ने लक्ष्य राखे जस्तै नेपाल धितोपत्र बोर्डले पनि हरेक नेपाली एक हितग्राही खाताको अवधारणा अगाडि सारेको छ ।

    हरेक नेपाली नागरिक धितोपत्र बजारमा सहभागी होऊन् भन्ने लक्ष्यका साथ उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । नेपाल धितोपत्र बोर्डका अनुसार शेयर बजारको विकास र विस्तारका लागि आम नेपाली हितग्राही खाता खोल्न आग्रह गर्ने नीति लागू गर्न लागिएको हो ।

    बोर्डले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको धितोपत्र तथा वूतु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा ‘एक नपाली एक हितग्राही खाता’ कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरी देशभर नै धितोपत्र बजारमा व्यापक जनसहभागिता बढाउने लक्ष्य राखेको छ ।

    यस्तै क्रेडिटी रेटिङ सेवालाई थपस्तरीय एवं विश्वसनीय बनाइ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणी तथा स्थानीयस्तरबाट निष्काशन हुने नगरपालिका तथा शहरी विकास ऋणपत्रको समेत शाख मूल्यांकनका लागि आवश्यक सहजीकरण गर्ने व्यवस्था गरिएको छ ।

    बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीका अनुसार धितोपत्रको दोस्रो बजार कारोबार सुविधा देशव्यापीरुपमा विस्तार गर्न धितोपत्र बजारमा अन्तर्राष्ट्रियस्तरको कारोबार प्रणाली लागू गर्ने लक्ष्य राखिएको छ ।

    यस्तै वस्तु विनिमयसम्बन्धी नीति तथा कार्यक्रमले नेपालको धितोपत्र र वूतु विनिमय बजारलाई विस्तार गर्दै स्वस्थ, पारदर्शी तथा प्रतिस्पर्धी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्यसमेत राखिएको छ । धितोपत्र तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरीवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानूनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने, बजार पूर्वाधार, लगानी उपकरण आदिमा सुधार गर्ने लक्ष्यसमेत बोर्डले राखेको छ । बोर्डको संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने, बजार सुपरीवेक्षण व्यवस्थापमा सुधार गर्ने, बजारमा सहभागीको व्यावसायिकता तथा स्तर अभिवृद्धि गर्ने लक्ष्यसमेत आगामी आवको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

    यस्तै नेपाल स्टक एक्सचेञ्ज, सिडिएसको पुनःसंरचना गर्न सहजीकरण गर्ने, धितोपत्र दलाल व्यवासायीमार्फत ग्राहकको खरिद बिक्री आदेश स्वचालितरुपमा दिने प्रणालीलाई स्टकको नयाँ कारोबार प्रणालीसँग आवद्ध गरी दोस्रो बजारमा सेवालाई स्वच्छ, पारदर्शी, एवं प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको छ ।

    धितोपत्रको दोस्रो बजारको पहुँच विस्तार गरी स्थानीयस्तरमा रहेको बचत तथा लगानीलाई दीर्घकालीन पूँजी परिचालनको मूल प्रवाहमा ल्याउने, आर्थिकरुपमा सम्भाव्य नयाँ स्थानको पहिचान, खोजी गरी त्यस्ता स्थानमा धितोपत्र दलाल व्यवसायी सेवा सञ्चालनका लागि अनुमति दिने कार्यक्रम समेत बोर्डले आगामी आवको कार्यक्रममा समावेश गरेको छ ।

    धितोपत्र कारोबारीलाई प्यान नम्बर अनिवार्य गराइने

    बोर्डले आज सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा दोस्रो बजारमा लगानी गर्दा स्थायी लेखा नम्बरलाई आव २०७५÷७६ देखि नै अनिवार्य गर्न आवश्यक नीतिगत व्यवस्था गर्ने भएको छ । दोस्रो बजारमा शेयर खरिद बिक्रीका लागि स्थायी लेखा नम्बर लिन अनिवार्य गर्ने व्ययवस्थाले बजारमा सुधार आउने र पारदर्शीतामा समेत बढोत्तरी हुने विश्वास लिइएको छ । कानूनी प्रावधानको परिपालना नगर्ने बजार सहभागीलाई कारबाही गर्ने नीतिसमेत बोर्डले लिएको छ ।

    नगरपालिका ऋणीपत्रलाई सहयोग

    बोर्डले नगर विकास कोषसँग समन्वय गरी नगरपालिका ऋणपत्र निष्काशनका लागि आवश्यक अध्ययन गरी निष्काशनको व्यवस्था गर्ने भएको छ । स्थानीय निकायमा आवश्यक पर्ने ठूलो पूँजी आवश्यकपर्ने हुँदा त्यस्तो ऋणपत्र जरुरी हुने छ । कूल ७५३ वटै स्थानीय तहमा त्यस्तो ऋणपत्रको निष्काशन हुनसक्ने छ ।

    धितोपत्र बजारका कारोबार गर्न सूचीकृत भएका कम्पनी, कारोबार रकम, कारोबार हुने धितोपत्र आदि सम्बन्धमा नेपाल स्टक एक्सचेञ्जमा हुने कारोबारको वास्तविक समयमा नै सबै सेवा सुविधा दिने, वस्तु विनिमय बजार तथा वस्तु कारोबार व्यवसायीको विवरण प्रवाह तथा अन्य कारवाहीको नियमित सुपरिवेक्षण गर्ने नीतिसमेत बोर्डले लिएको छ ।

    बोर्डका अध्यक्ष डा कार्कीले धितोपत्र बजारलाई थप व्यवस्थित, प्रभावकारी र मर्यादित बनाउन हदैसम्मको सकारात्मक प्रयास गर्ने जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij