बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पहिरोको उच्च जोखिम क्षेत्रबाट ११ घर अझै हट्न बाँकी

  • प्रकाशित मिति : मङ्लबार, असार २६, २०७५



  • रत्ननगर, चितवन, २६ असार (रासस)- चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरो जोखिम क्षेत्रका ३४ घरपरिवार अन्यत्रै सरे पनि ११ घर अझै हटेका छैनन् ।

    जोखिम क्षेत्रका ४५ घरमध्ये ३४ घरपरिवार मुआब्जा लिएर गए पनि अटेर गरी बसेका इच्छाकामना गाउँपालिका–६ कालिखोलाका ११ घर अझै हट्न नसकेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अघिल्लो वर्षको असार १४ गते यहाँ संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा स्थलगत निरीक्षण भएपछि तत्कालै पहिरो जोखिम क्षेत्र पहिचान गरी बस्ती सुरक्षित राख्न गठित अनुगमन समितिले निर्देशन दिएको थियो ।

    उक्त निर्देशनअनुसार नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो जोखिम क्षेत्रमा ४५ घर पहिचान गरी हटाउने प्रक्रिया थालेको थियो । यहाँको कालिखोला, तोपेखोला, चोर खोला, केराबारी र सेती दोभानको बस्ती पहिरोको उच्च जोखिममा थिए ।

    जोखिम क्षेत्रका घरको कूल रु एक करोड ६४ लाखको मुआब्जा निस्किएकामा झण्डै ८० प्रतिशत घरले मुआब्जा लिएर गएको र अधिकतम एउटा घरले रु १५ लाखसम्म मुआब्जा पाएको इन्जिनियर खनालल बताउनुभयो ।

    सोमबारमात्रै यहाँको टकमायाँ गुरुङलाई रु नौ लाख ५४ हजार र दिलकुमारी गुरुङलाई रु दुई लाख २८ हजार मुआब्जाबापतको रकम उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

    उनीहरुलाई शुरुमा तोकिएको रकमको एक तिहाई उपलब्ध गराइने र घर हटाइसकेपछि बाँकी भुक्तानी गरिनेछ । बाँकी ११ घर पनि छिट्टै हट्ने नारायणगढ–मुग्लिक सडक आयोजनाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij