बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सडक निर्माणका लागि मुआब्जा वितरण शुरु

  • प्रकाशित मिति : बुधबार, असार २७, २०७५



  • भीमदत्तनगर, २७ असार (रासस)-कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको सडकसँगै बन्ने पुल निर्माणका लागि जग्गाको मुआब्जा वितरण शुरु गरिएको छ ।

    पक्की पुलसँगै बन्ने सडक विस्तारका लागि जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्ने कार्य नहुँदा निर्माण रोकिएको थियो ।

    मुआब्जाका लागि सबै प्रक्रिया पूरा गरेर गत शुक्रबारदेखि मुआब्जा रकम वितरणसमेत शुरु भइसकेको महाकाली पुल आयोजना कार्यालय भीमदत्तनगरका प्रमुख प्रदीप भण्डारीले बताउनुभयो ।

    उहाँका अनुसार हालसम्म महाकाली नगरपालिका–१ (महाकाली नदी पारी) र भीमदत्तनगरपालिका–१२ ओदालीका गरी १७ जनाले मुआब्जा रकम लिइसकेका छन् । मुआब्जास्वरुप रु दुई करोड ७८ लाख स्थानीयले बुझिसकेका छन् ।

    पुलसँगै नदी वारीपारी गरी करीब ७.६ किलोमिटर सडक चार लेनको बन्नेछ । महाकाली पुल योजना कार्यालयले चालू आर्थिक वर्षको मसान्तसम्म मुआब्जा वितरण गरिने जनाएको छ ।

    पुल निर्माणको पहिलो वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु एक अर्ब रकम विनियोजन गरेको थियो । जसमा रु १० करोड मुआब्जाका लागि छुट्याइएको भए पनि पुल योजना कार्यालयले पुल निर्माणका खर्च हुन नसकेको रकमसमेत मुआब्जा वितरणमा व्यवस्थापन गरेको छ ।
    रु तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा सो निर्माणको सम्झौता भएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ । यहाँस्थित भीमदत्तनगरपालिका–१२ ओदालीमा गत भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij