प्रकाशित मिति : बिहिबार, असार २८, २०७५
बागलुङ, २८ असार (रासस) ः माटाको ढिस्काबाट पुरिएर निसीखोला गाउँपालिका–२ कान्लेचौरकी ६० वर्षीया बुमा कुँवरको बुधबार मृत्यु भएको छ ।
अपराह्न रातमाटा भन्ने ठाउँमा घर लिप्ने माटो खन्दा खसेको ढिस्काबाट पुरिएर साोही ठाउँकी २८ वर्षीया कौशिला कार्की भने घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताउनुभयो । घटनाबारे थाहा पाएपछि स्थानीयवासीले तिनको उद्धार गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij