आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा, इङल्याण्ड निराश

  • प्रकाशित मिति : बिहिबार, असार २८, २०७५



  • काठमाडौं, असार २८ । इङ्ल्यान्डलाई हराउँदै क्रोएसिया रुसमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा गएराति भएको सेमिफाइनलमा इङ्ल्यान्ड अतिरिक्त समयमा २-१ ले पराजित भयो ।

    खेलको पाँचौ मिनेटमै इङ्ल्यान्डले अग्रता लियो । डि एरिया नजिक पाएको फ्रि किक अवसरमा किरण ट्रिपियरले गोल गर्दै इङ्ल्यान्डलाई सुरुवाती अग्रता दिएका हुन् ।

    दोस्रो हाफमा क्रोएसियाले एक गोल फर्कायो । ६८ औं मिनेटमा सिमे भ्रसाल्कोको पासमा ईभान पेरिसिचले गोल गर्दै टोलीलाई खेलमा फर्काएका हुन् ।

    निर्धारित ९० मिनेटको समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो । थपिएको समय सकिन ११ मिनेट बाँकी छँदा क्रोएसियाले एक गोल थप्यो ।

    ईभाँ पेरिसिचको पासमा भेट्रान स्ट्राईकर मारियो मान्डुकिचले उक्त गोल गरेका हुन् । मान्डुकिचको सोही गोल क्रोएसियालाई विश्वकपको फाइनलमा पु¥याउन निर्णायक बन्यो ।

    पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाले अब उपाधिका लागि आइतबार फ्रान्सको सामना गर्नेछ ।

    प्रतियोगिताको पहिलो सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तेस्रो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

    पराजित टोली इङ्ल्यान्डले भने तेस्रो स्थानका लागि शनिबार बेल्जियमसँग खेल्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij