बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बाँकेमा धान रोपाइँ हुँदै

  • प्रकाशित मिति : शुक्रबार, असार २९, २०७५



  • नेपालगञ्ज, २९ असार (रासस)-वर्षा अनुकूल भएकाले यस वर्ष बाँके जिल्लामा धमाधम धान रोपाइँ भइरहेको छ ।

    जिल्लामा अहिलेसम्म ३० प्रतिशत धान रोपाइँ भएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती गर्ने लक्ष्य छ । गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएको सो कार्र्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले बताउनुभयो । यस वर्ष बाँकेमा करीव एक लाख १५ हजार मेट्रिक टन धान उत्पादन हुने सो कार्यालयको प्रारम्भिक अनुमान छ ।

    बाँकेका किसानले यस वर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातका धान खेती गर्ने बताइएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका किसानलाई धान खेतीमा ५० प्रतिशत अनुदानमा धानको बीउ र रासायनिक मल अनुदानमा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी गत वर्षको बाढीबाट प्रभावित बाँके गंगापुरका किसानलाई कृषि कार्यालयले निःशुल्क धानको बीउ र रासायनिक मल उपलब्ध गराएको प्रमुख बस्नेतले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij