आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भाषा सुरक्षित राख्न आग्रह

  • प्रकाशित मिति : शुक्रबार, असार २९, २०७५



  • तुलसीपुर, दाङ, २९ असार (रासस)-प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भाषाको विकास भए मात्रै समृद्धि पूरा गर्न सकिने बताउनुभएको छ ।

    भाषा आयोगद्वारा बिहीबार घोराहीमा आयोजित ‘पाँच नं प्रादेशिक भाषा संगोष्ठी’ मा मुख्यमन्त्री पोखरेलले पछिल्लो पुस्ताले मातृभाषालाई भुल्दै गएकामा चिन्ता व्यक्त गर्दै भाषालाई सुरक्षित राख्नका लागि भाषा अन्वेषक मात्र नभई सबैको जिम्मेवारी रहेको बताउनुभयो ।

    आयोगका अध्यक्ष डा लवदेव अवस्थीको अध्यक्षता भएको कार्यक्रममा सामाजिक विकासमन्त्री सुदर्शन बरालले सबै भाषाको सम्मान र संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपाली, घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायतले भाषाको सम्मानित ढंगले विकास गर्न आवश्यक रहेकामा जोड दिनुभयो । संगोष्ठीले दाङका दश वटै स्थानीय तहमा बोलिने भाषाको अध्ययन तथा प्रतिवेदन तयार पार्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij