बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सडक सुधारका लागि कामदार तैनाथ

  • प्रकाशित मिति : शुक्रबार, असार २९, २०७५



  • रसुवा, २९ असार (रासस) -वर्षा याममा पर्न सक्ने आकस्मिक पहिरो व्यवस्थापनका लागि पासाङल्हामु राजमार्गको मूलखर्कलगायत राम्चे क्षेत्रमा कामदारको व्यवस्था गरिएको छ ।

    सडक डिभिजन एकाइ कार्यालय रसुवाका इञ्जिनीयर वीरेन्द्र गुप्ताका अनुसार नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्न, चीनका विभिन्न ठाउँमा घुम्न जाने पर्यटक र मानसरोवरबाट कैलाश जाने धार्मिक यात्रुको आगमनमा सहजता ल्याउन र विद्युत्गृृहलगायत आयोजनामा सामग्री ढुवानीमा सहज पार्नसडक रेखदेखका लागि कामदारको व्यवस्थापन गरिएको हो ।

    ससाना कार्य कामदारबाट गर्ने र ठूला आकस्मिक पहिरो पन्छाउन एक एक स्काभेटर र हेबी लोडर तैनाथ राखी चार सुपरभाइजरलेसडकको नियमित अवस्थाबारे अनुगमन गर्ने व्यवस्थासमेत मिलाइएको सडक एकाइले जनाएको छ ।

    नेपाल चीनको व्यापार कारोवार गर्ने रसुवागढी नाका नियमित रुपमा निर्बाध सञ्चालन गर्न बेत्रावतीदेखि रसुवागढीसम्म ७० किमी सडक रेखदेखका लागि आगामी आवदेखि छुट्टै एकाइ राखिएको छ । इञ्जिनीयर गुप्ताले अबका दिनमा जस्तोसुकै पहिरो आए पनि एक दुई घण्टामै अवरुद्ध सडक मर्मत सुधार हुने बताउनुभयो ।

    यही असार महिनभित्र ससाना सात पहिरो गए पनि तुरुन्तै सफा गरी यात्रुवाहक बस र मालवाहक ट्रक निर्बाध रुपमा सञ्चालन गराइएको बताइएको छ । दैनिक सरदर १०० भन्दा ट्रक कन्टेनर रसुवागढी नाकाबाट ओहोरदोहोर गर्ने गरेको संयुक्त कन्टेनर व्यवसायी संघका अध्यक्ष सन्जीव डिएमले जानकारी दिनुभयो । सवारीसाधनको चाप व्यवस्थापनका लागि बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु, टिमुरे, रसुवागढीलगायत स्थानमा ट्राफिक व्यवस्थापन मजबुत पारिएको जिल्ला ट्राफिक इञ्चार्ज नवराज खड्काले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij