बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत

  • प्रकाशित मिति : शुक्रबार, असार २९, २०७५



  • पोखरा, २९ असार (रासस) ः चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ जिल्लाको एक परिवारलाई चार महिनापछि राहत प्रदान गरिएको छ ।

    तनहुँ, भानु नगरपालिकाका–३, तीनकुने टोलका छवर्षीय विशाल श्रेष्ठको परिवारलाई नेपाल सरकारका तर्पmबाट उपलब्ध गराइएको रु १० लाख राहत आज प्रदान गरियो ।

    गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गाउँमा नै पुगेर बालकका बुबा वीरेन्द्र र आमा रुपालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै संरक्षण शिक्षाको विस्तार, सुरक्षित तारबार, पूर्वसूचना प्रणालीको विकास, प्रदेशमा वन्यजन्तु उद्धार केन्द्रको स्थापना, प्राणी उद्यान केन्द्र निर्माणलगायत नीति सरकारले ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

    उद्योग मन्त्रालयका प्रदेश सचिव डा बुद्धिसागर पौडेलले मृतकका परिवारलाई तत्काल राहतस्वरुपको रकम दिने पहल थालिए पनि प्रक्रिया लामो हुन पुग्दा ढिलाइ हुन पुगेको बताउनुभयो ।

    सो अवसरमा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले व्यक्तिगत रुपमा मृतक बालकको परिवारलाई रु २५ हजार सहयोग गर्दै विशालका भाइलाई कक्षा १० सम्म अध्ययन गर्दा लाग्ने रकमआफूले व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विसं २०७४ फागुन १ गते शिवरात्रिका दिन मामाघर जाँदै गरेका श्रेष्ठलाई चितुवाले साँझ ६ बजे आक्रमण गरी २०० मिटर तल जंगलमा लगेर खाएको अवस्थामा भेटिएको थियो ।

    टुहुरालाई सहयोग

    मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा अघिल्लो शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्ती मगर र जीतमायाका छोरालाई आज समाजसेवी रमेशबहादुर भट्टराईले रु १० हजार आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।

    रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङ स्थायी बसोबास भई कामको सिलसिलामा मुस्ताङ पुगेको मगर दम्पत्तीको मृत्यु भएपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा बस्दै आएका छोरा १२ वर्षीय विवश र छ वर्षीय विशेषणलाई कोठामा नै पुगी भट्टराईले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । आजै एसोएस बालग्राम रामबजारका निर्देशक भगत श्रेष्ठसहितका पदाधिकारी आएर बालकबारे जानकारी लिनुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij