बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पहिराले १२ घर उच्च जोखिममा

  • प्रकाशित मिति : शुक्रबार, असार २९, २०७५



  • चौतारा, २९ असार (रासस) ः अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित खनालथोकमा–१२ घर उच्च जोखिममा छन् ।

    बस्तीको तलमाथि दुवैतिरबाट सडक खनिएका कारण माथिबाट माटो झरेको र तलबाट माटो बग्ने गरेको हुँदा ती घर उच्च जोखिममा परेको प्रहरीचौकी भोटेचौरले जनाएको छ । भूकम्पपीडितले निजी आवास निर्माण गर्ने सामान लान डोजरद्वारा सडक खनेको हुँदा तीन घर आधा पुरिएको दुई घर आधा ढल्केको तथा सात घरसहित १२ घर उच्च जोखिममा परेका छन् । स्थानीयवासी रामचन्द्र खनाललगायत १२ घर परिवारले सामान सारिसकेको र उनीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।

    त्यस्तै मेलम्ची नपा–२ भोटेचौरस्थित जैसी गाउँमा पनि बिहीबार राति एक विश्रामस्थल पुरिएको छ । नगरपालिकाले खनेको चक्रपथको ढुंगा माटो झरेर सञ्चालक परशुराम खतिवडाको टहराको आधा भाग पुरेपछि त्यहाँ सुतिरहेका पाँच परिवार राति नै भागेर ज्यान बचाउन सफल भएको वडा सदस्य नगेन्द्रप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

    अविरल वर्षाले अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डको दश किलोको दुई तीन स्थानमा माथिबाट पहिरो भरेर सडक अवरुद्ध भएको छ । त्यहाँ आज पनि निरन्तर वर्षा भइरहेकाले पन्छाउन समस्या भइरहेको सीमा प्रहरी कोदारीले जनाएको छ । त्यसै गरी लामोसाँघु–जिरी सडकअन्तर्गत मुढे खण्ड र मेलम्ची–भोताङ सडकखण्डको तिपेनीमा गएको पहिराले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक विमल कँडेलले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij