प्रकाशित मिति : शनिबार, असार ३०, २०७५
गीत
पाउनु के थियो र गुमाएँ धेरै
मीठो माया गर्ने मायालु गुमाएँ धेरै
पाउनु र गुमाउनु जिन्दगी रहेछ
कहिल्यै पूरा नहुने आशा रहेछ
जन्मिएको संसार गुमाएँ धेरै
मीठो माया गर्ने मायालु गुमाएँ धेरै
हाँसो र आँशु पनि जिन्दगी रहेछ
कहिल्यै नटुङ्गिने यात्रा रहेछ
माटो देश परिबेश गुमाएँ धेरै
मीठो माया गर्ने मायालु गुमाएँ धेरै
खेमराज मल्ल
सचिव
राप्ती साहित्य परिषद्
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij