मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आँखाको नानीदान संकलनका लागि सम्झौता

  • प्रकाशित मिति : शनिबार, असार ३०, २०७५



  • काठमाडौँ, ३० असार (रासस)-तिलगंगाा आँखा प्रतिष्ठान र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच गंगालाल हृदयरोग केन्द्रमा यही असार २९ देखि आँखादान सम्बन्धी परामर्श तथा आँखाको नानी संकलन केन्द्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।

    तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङ र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माबीच सम्झौतापत्र आदानप्रदान भएको हो ।

    सम्झौतापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिहंले सरकारले गर्नुपर्ने काम तिलगंगा आँखा प्रतिष्ठान र नेपाल आँखादान समाजको पहलमा भएको बताउँदै दृष्टिविहीनलाई दृष्टि दिने पुण्य कार्यमा मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुने विश्वास दिलाउनुभयो ।

    तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले विगतमा आँखादान सम्बन्धी मानिसलाई बुझाउन गाह्रो भए तापनि अहिले धेरै हदसम्म सफल भएको बताउँदै आँखाको नानी संकलन केन्द्र देशव्यापी रुपमा धेरै बढाउन सके नानीबाट दृष्टिविहीन भएर बस्नुपरेकाको लागि दृष्टि फकार्उन सकिने धारणा व्यक्त गर्नुभयो ।

    शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले मुुलुकभर सबै क्षेत्रबाट तिलगंगासँग सहकार्य गरेर आँखाको नानी संकलन केन्द्र वृहत रुपमा बढाएर दृष्टिविहीनलाई दृष्टि प्रदान गर्नका लागि अपिल गर्नुभयो ।

    नेपाल आँखादान समाजका अध्यक्ष जगन्नाथ महर्जनले देशका विभिन्न जिल्लामा अवस्थित सरकारी अस्पतालमा पनि आँखाको नानी संकलन केन्द्र स्थापना गर्ने लक्ष्य लिएको बताउनुभयो ।

    “आँखा दान महादान” भन्ने युत्तिसँगै दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दैआएको नेपाल आँखा कार्यक्रम अन्तर्गत नेपाल आँखा बैंकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताबाट नानी संकलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गर्दछ ।

    आँखा बैकले शुरुवातको अवस्थामा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाउँमा गएर आँखा दान सम्बन्धी मानिसमा जनचेतना जगाइ यस सम्बन्धी बुझाइन्थ्यो भने अहिले यीसँगै आर्यघाट विद्युतीय शव दाह गृहलगायत काठमाडौँमा रहेका तीन वटा ठूला अस्पताल वीर अस्पताल, त्रिविशिक्षण अस्पताल र पाटन अस्पतालमा आँखा बंैकबाट खटाइएका परामर्शदाताले परामर्श तथा जानकारी दिने काम पनि गरिन्छ, जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो क्रममा छ ।

    नेपालमा दृष्टिविहीन हुनुको दोस्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर हो । जसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपणबाट पुनः दृष्टि दिलाउनु नै हो ।

    बैँकमा अहिले ७० हजार भन्दा बढी दाताले मृत्यु पर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन्, भने झण्डै १२ हजार ५०० जना भन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ ।

    विभिन्न कारणवश आँखाको नानी बिग्रिएर दृष्टिविहीन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैँकको स्थापना भएपछि नेपालमा यो सेवा सहज भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij