बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

परम्परागत विकासलाई रोक्नुपर्ने

  • प्रकाशित मिति : सोमवार, असार ३२, २०७५



  • काठमाडौँ, ३२ असार (रासस) – समयमा काम पूरा नगरेर बजेट सक्नका लागि आर्थिक वर्षको अन्त्यमा गरिने परम्परागत विकास निर्माणलाई रोक्नुपर्ने सहभागीले बताएका छन् ।

    सञ्चार नेपालले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्षको अन्त्यमा थालिने विकास निर्माण र यसका प्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले आवको अन्त्यमा गरिने विकास निर्माणले मुलुकको हितका लागि नभई बजेट सकाउनमात्र भएकाले त्यसलाई रोक्नुपर्ने बताए ।

    कार्यक्रममा सांसद महेश बस्नेतले आवमा गरिने काम बजेट सक्नका लागिमात्र भएको बताउनुभयो । उहाँले नीतिगत रुपमा नै आवको महिना परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

    “हाम्रो आर्थिक वर्ष असार मसान्तमा सकिन्छ । असार मसान्तको केही दिनमा गरिने कार्यले विकास निर्माण राम्रोसँग गर्न सकिदैन”, उहाँले भन्नुभयो, “त्यसैले आर्थिक वर्षको महिना नै परिवर्तन गरेर वैशाख मसान्तलाई आर्थिक वर्षको अन्तिम महिना मान्नुपर्छ ।”

    सांसद बस्नेतले विकास निर्माण राम्रोसँग नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुगमनलाई कडाइका साथ लागू गरिने बताउनुभयो । उहाँले अहिलेको सरकारले शुरु गरेको समृद्ध नेपालको अभियानलाई सार्थकता दिनका लागि विकास निर्माणको बाधकका रुपमा रहेका वातावरण र वनसम्बन्धी कानूनलाई संशोधन गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

    “कुनै ठाउँको विकास निर्माण गर्न थाल्यो भने वातावरण र वनसम्बन्धी कानूनले काम गर्न दिँदैन”, उहाँले भन्नुभयो, “त्यस्ता कानूनलाई संशोधन गरेर विकास निर्माण सहज किसिमले गर्न पाउने वातावरण निर्माण गर्नुप¥यो ।”

    उहाँले सर्वोच्च अदालतले दिने आदेशले पनि विकास निर्माणको काममा ढिलासुस्ती भएको भन्दै शक्तिशाली विकास निर्माण आयोग बनाएर काम गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले असार मसान्तसम्म ७७ प्रतिशतमात्र विकासतर्फ पूँजीगत खर्च भएकाले पर्याप्त मात्रामा खर्च हुन नसकेको बताउनुभयो ।
    उहाँले विकास आयोजनालाई नतिजामुखी बनाउन र समयमा पूरा गरे÷नगरेको चाँडै अनुगमनमाथि अनुगमन गर्न थालिएको बताउनुभयो ।

    कतिपय काम अन्तिम समयमा गर्नाले विकास निर्माणमा राम्रोसँग हुन नसकेकाले अब त्यसो गर्नेलाई निरुत्साहित गरिने उहाँले बताउनुभयो ।

    कार्यक्रममा महालेखा परीक्षक कार्यालयका पूर्व परीक्षक सुकदेव भट्टराईले नेपालमा समयमै आयोजना सम्पन्न गर्नमा समस्या भएकाले सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले समयमा आयोजना सम्पन्न नहुँदा राज्यलाई खर्बाैंको नोक्सान भएकाले निरन्तर अनुगमन गरेर समयमा नै आयोजना सम्पन्न गराउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा अलि अस्गर मिकरानीले असार मसान्तमा काम परम्परालाई बन्द गर्नुपर्ने बताउनुभयो । प्रशासनिक पत्रकार मञ्चका अध्यक्ष सागर पण्डितले एक हप्तामा रु ५० अर्बको विकास निर्माण हुने भन्दै यसलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले समृद्ध नेपाल बनाउनका लागि विकास निर्माणको काम आर्थिक वर्ष शुरु हुँदा नै गर्नुपर्ने धारणा राख्नुभयो ।

    प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईं र उपभोक्ता मञ्च नेपालका रञ्जन खनालले विकास निर्माण गर्दा नियमित अनुगमन हुनुपर्नेमा जोड दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij