बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दमकमा आधाभन्दा बढी योजना सम्पन्न

  • प्रकाशित मिति : बुधबार, साउन २, २०७५



  • दमक, २ साउन (रासस)- झापाको दमक नगरपालिकामा सञ्चालित अधिकांश योजना समयमै सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

    दमक नगरपालिकामा जनप्रतिनिधि आएको गतवर्षको कार्यसम्पादनका अनुसार नगरमा सञ्चालित विभिन्न विकासे योजनाका ८० प्रतिशत काम पूरा भएको जनाइएको छ ।

    नगरपालिकाको भौतिक निर्माण प्राविधिक शाखाका अनुसार गत वर्ष ३२८ वटा सञ्चालित योजनामध्ये ८० प्रतिशत हाराहारीमा मात्र काम सकिएको सो शाखाका प्रमुख इञ्जिनियर तीर्थनारायण श्रेष्ठले बताउनुभयो ।

    उहाँका अनुसार नगरक्षेत्रमा स्थानीय तहको रु २७ करोड ७३ लाख ३ हजार ५८ बजेटमा कल्र्भट २४ वटा, ग्राभेल सडक १०३, भवन तथा शौचालय निर्माण तथा मर्मत ५५, ढल २४, सिँचाइ चार, ग्राभेलसहित ढल नौ, ढलसहितको कालपत्रे सडक २५ र ढलसहित लकिङ योजना आठ गरी ३२८ वटा योजना सञ्चालनमा रहेका थिए ।

    तीमध्ये गएको आवसम्ममा १३६ वटा योजना मात्र पूर्णरुपमा सम्पन्न भएको नगरपालिकाको भौतिक निर्माण प्राविधिक शाखाले जनाएको छ ।

    यसबाहेक दमक नगरपालिकामा केन्द्रीय बजेटमा करीब रु डेढ अर्ब हाराहारीको लगानीमा पाँचवटा पुल रतुवा र मावा खोलामा निर्माण कार्य भइरहेको छ । यस्तै, पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय मातहतबाट रु २२ करोडको बजेटमा विभिन्न चारवटा सडक निर्माण कार्यसमेत सञ्चालन भइरहेको डिभिजन सडक कार्यालय, दमकले जानकारी दिएको छ ।

    आइओएमले क्याम्पसलाई दियो बस

    यसैबीच, अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले दमक बहुमुखी क्याम्पसलाई एउटा बस निःशुल्क उपलब्ध गराएको छ । क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थी बोक्नका लागि आइओएमले क्याम्पसलाई बस दिएको क्याम्पस सञ्चालक समिति सदस्य देउकुमार नेम्बाङले जानकारी दिनुभयो ।

    दमक क्याम्पसमा धेरै टाढाटाढाबाट पनि विद्यार्थी अध्ययनका लागि आउने भएकाले उनीहरुलाई ओसार्नका लागि आइओएमले सो बस दिएको हो ।

    आइओएमले क्याम्पसलाई २४ सिट क्षमता भएको बस उपलब्ध गराएको क्याम्पस सञ्चालक समितिका सदस्य नेम्बाङले बताउनुभयो । मंगलबार एक कार्यक्रमका बीच सो बस क्याम्पसलाई हस्तान्तरण गरेको थियो ।

    अब केही दिनभित्रमै क्याम्पस सञ्चालक समितिको बैठक बसेर बस सञ्चालनको कार्यविधि बनाई सञ्चालन शुरु गर्ने सञ्चालक समिति सदस्य नेम्बाङले बताउनुभयो ।

    यसअघि आइओएमले नै दमकको हिमालय मावि र सरस्वती माविलाई समेत विद्यार्थी बोक्नका लागि एक÷एक वटा बस दिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij