आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“ छोरोलाई बचाउँन चाहान्छु, सहयोग गर्नुहोस्”

  • प्रकाशित मिति : बुधबार, साउन २, २०७५



  • काठमाडौँ, २ साउन (रासस) ः विगत लामो समयदेखि ‘थाला सिमिया’ (बोनम्यारो ट्रान्सप्लान्ट) बाट पीडित रनिक परियारको परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् ।

    अर्घाखाँची पाणिनी–१ निवासी २८ महिने (बालक) छोरा रनिकलाई विगत २४ महिनादेखि थालासिमिया भएपछि उपचारका लागि आर्थिक अवस्था कमजोर भएका कारण उनका बाबु रामबहादुर र आमा राधाले सहयोगका लागि सबैसंग आग्रह गरेका हुन् ।

    रनिकका बाबु रामबहादुर परियारले भन्नुभयो,–“उपचार गर्दा धेरै पैसा खर्च भइसक्यो, अहिलेसम्म त ऋण खोजेर पनि गरियो, अब त उपाय नै छैन, म मेरो छोरालाई बचाउन चाहान्छु यहाँहरूले सहयोग गर्नुहोस् ।” रनिकको बोनम्यारो पत्यारोपण गर्न रु १७ लाख खर्च लाग्ने भएको छ ।

    बालकलाई शुरुमा काठमाडौँको त्रिवि अस्पताल र सिभिल अस्पतालमा लगिएको थियो । सिभिलका डा विशेष पौडेलले रनिकलाई भारतमा लगेर उपचार गराउन सुझाब दिनुभएपछि सफदरजंग अस्पताल दिल्लीमा परीक्षण गरेपछि रनिकलाई थालासिमिया भएको पत्ता लागेपनि पत्यारोपणका लागि पैसा नभएका कारण उपचार नै नगरी नेपाल ल्याइएको थियो । उनका लागि अहिलेसम्म विभिन्न दाताबाट रु दुई लाखमात्र जम्मा भएको छ ।

    उनको उपचारमा अहिलेसम्म करीब ७,००,००० (सात लाख रुपैयाँ) खर्च भइसकेको छ । बिरामी रनिकलाई दश दिनभित्र रगत दिइरहनुपर्छ । एक पटक रगत दिँदा कम्तीमा रू२ हजार ५०० खर्चहुन्छ । रामबहादुरले आफ्नो नाममा खोलिएको राष्ट्रिय वाणिज्य बैँक लिमिटेडको खाता नं ११५००४१८५५१० र बैँक अफ काठमाडौँको खाता नं ०३४४०००००५००५२४ मा सक्दो सहयोग गर्न अनुरोध गर्दै आउनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij