बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पहाडी जिल्ला डडेल्धुराको आलितालमा डुंगा सञ्चालन

  • प्रकाशित मिति : बिहिबार, साउन ३, २०७५



  • डडेल्धुरा, ३ साउन (रासस)- पर्यटन प्रवद्र्धनका लागि प्रदेश नं ७ को पहाडी जिल्लाकै ठूलो ताल आलितालमा डुंगा सञ्चालनमा ल्याइएको छ ।

    डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको आलितालमा पहिलो पटक डुंगा ल्याइएको हो । पहिलोपटक यस क्षेत्रको पहाडी जिल्लामा डुंगा भित्र्याइएको हो ।

    पर्यटकलाई आकर्षण गर्न र उनीहरुलाई मनोरञ्जन दिनका लागि तालमा डुंगा सञ्चालनमा ल्याइएको छ । आव २०७४÷०७५ मा आलितालमा डुंगा सञ्चालनका लागि विनियोजन गरिएकाले करीब रु १२ लाख बराबरको बजेटमा पाँचवटा डुंगा खरीद गरी आलिताल पु¥याइएको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले जनाउनुभयो ।

    अहिले पहिलोपटक डुंगा खरीद गरी ल्याइएको बताउँदै उहाँले अब यसको व्यवस्थापनमा जुटेको बताउनुभयो । प्रदेश नं ७ को पहाडी जिल्लामा रहेको सबैभन्दा ठूलो ताल डडेल्धुराको आलितालमा पहिलोपटक डुंगा सञ्चालन गरिएको हो । आलिताल गाउँपालिकाको भित्रिमधेश क्षेत्र गोदामबजार नजिकै रहेको आलितालमा पहिलो पटक डुंगा सञ्चालन गरिएको हो ।

    तालमा डुंगा सञ्चालन गरिएसँगै आलिताल पर्यटकको पर्खाइमा रहेको छ । तालको अवलोकनका लागि नै भनेर बाह्य पर्यटक आलितालसम्म नपुगे पनि भित्रिमधेश आलिताल, जोगबुढा क्षेत्रमा पुग्ने जो कोही पनि आलिताल मै पुग्ने गरेको आलिताल गाउँपालिका अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।

    सदरमुकामबाट झण्डै ८० किलोमिटर पश्चिममा डोटी जिल्लाको बुडर नजिकै रहेको आलितालमा पर्यटकीय सम्भावना निकै बढी रहेको छ । कञ्चनपुरको बेदकोट भएर करीब ५० किलोमिटरको कच्ची सडक भएर आलिताल पुग्न सकिन्छ । मध्यमखालको तापमान हुने आलिताल क्षेत्रमा तालले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउन गाउँपालिकाले अहिले प्रयास थालेको जनाइएको छ ।

    गाउँपालिकाले पहिलो वर्ष करीब रु ६० लाखको लागतमा आलितालसम्मको पर्यटक सडकको स्तरोन्नति गरेसँगै तालको चारैतिर करीब एक हजार ३०० मिटरभन्दा बढी पैदल मार्ग निर्माण गरेको छ ।

    तालका विभिन्न स्थानमा अवलोकन र थकान मार्नका लागि छहारी घर स्थापना गरिएका छन् । ताल क्षेत्रमा वनभोजका लागि भान्साघर लगायतका तालको पानी निकास हुने ठाउँमा व्यवस्थित रुपमा निकासका लागि नाली निर्माण गरिएको ताल संरक्षण समितिका अध्यक्ष हीरालाल थापाले बताउनुभयो ।

    गाउँपालिकाले यस वर्ष आलितालको गुरुयोजना निर्माण गरी पर्यटन क्षेत्रका रुपमा विकास गर्न गाउँपालिकाले म्याचिङ फन्डका रुपमा बजेट छुट्याई राष्ट्रपति चुरे संरक्षण, राष्ट्रिय ताल विकास समिति, केन्द्र सरकार, प्रदेश सरकारसँग सहकार्य गर्ने अध्यक्ष गुरुङको भनाइ छ ।

    तालको किनारतिर सालका ठूलाठूला रुख ढलेकाले पहिलो चरणमा उक्त रुख हटाई ताल सरसफाइ गरिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij