बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मलको बिक्री केन्द्र स्थापनापछि किसान उत्साहित

  • प्रकाशित मिति : बिहिबार, साउन ३, २०७५



  • धनगढी, ३ साउन (रासस)- कैलालीको पूर्वी भेगको बौनिया बजारमा सरकारको अनुदानित रासायनिक मलको बिक्री केन्द्र स्थापना भएसँगै स्थानीय किसान उत्साहित भएका छन् ।

    गाउँमा मलको बिक्री केन्द्र स्थापना भएपछि मल खरिद गर्न सदरमुकाम धनगढी धाउनुपर्ने बाध्यता हटेकाले किसान उत्साहित भएका प्रतापपुरको किसान बहुद्देश्यीय सहकारी संस्थाका जयनारायण चौधरीले बताउनुभयो ।

    यसअघिसम्म अनुदानित मल खरिद गर्न सदरमुकाम धनगढी धाउनुपर्दा समय बढी लाग्ने, खर्चिलो र झन्झटिलो हुने गरेको थियो । बौनिया बजारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड क्षेत्रीय कार्यालय धनगढीको पहलमा अनुदानित रासायनिक मलको बिक्री केन्द्र स्थापना गरिएको हो ।

    “अनुदानको मल बिक्रीका लागि बौनिया बजारमा बिक्री केन्द्र स्थापना गरेका छौँ”, कार्यालयका सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले भन्नुभयो, “बिक्री केन्द्र स्थापनाबाट समयमै र सहजरुपमा मल प्राप्त हुने भई किसान लाभान्वित भएका छन् ।”

    साल्ट ट्रेडिङले क्षेत्रीय कार्यालय धनगढी र महेन्द्रनगरको उपशाखा कार्यालयमार्फत पनि अनुदानित मल बिक्री गर्दै आएको छ । कार्यालयका सहायक महाप्रबन्धक पाण्डेले आव २०७४÷७५ मा अनुदानको युरिया आठ हजार ४५९ मेट्रिक टन, डिएपी तीन हजार १६६ मेट्रिक टन र पोटास २१६ मेट्रिक टन मल बिक्री गरिएको जानकारी दिनुभयो ।

    यस्तै उक्त अवधिमा गैरअनुदानित मल सिंगल सुपरफस्पेट (एसएसपी) एक हजार ५६६ मेट्रिक टन र एमोनियम सल्फेट ४६ मेट्रिक टन बिक्री भएको बताइएको छ । अनुदानित मलको कूल परिमाणको ३० प्रतिशत मल साल्ट ट्रेडिङले र बाँकी ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी संस्थमार्फत बिक्री वितरण गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij