प्रकाशित मिति : शुक्रबार, साउन ४, २०७५
काठमाडौँ, ३ साउन (रासस)- प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधबार रुकुमपूर्वमा भएको सवारी दुर्घटनामा परी यात्रुको मृत्यु भएकामा दुःख र मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
सदरमुकाम रुकुमकोटबाट धौलापैरातर्फ जाँदै गरेको लु १ ज २५७३ नंको जीप बुधबार अपराह्न सिस्ने गाउँपालिका–५, धार्पानीमा दुर्घटना हुँदा सात जनाको मृत्यु हुनाका साथै चार जना घाइते भएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij