आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सदर चिडियाखाना प्रविधिमैत्री बन्ने

  • प्रकाशित मिति : आइतवार, साउन ६, २०७५



  • ललितपुर, ६ साउन (रासस)- जावलाखेलस्थित सदर चिडियाखानालाई प्रविधिमैत्री बन्ने भएको छ ।

    नेपालको एक मात्रै चिडियाखानालाई मोबाइल एप्स, सूचना कक्ष र डिस्प्लेमार्फत आगन्तुकलाई सूचना दिने तयारी भइरहेको व्यवस्थापक चिरञ्जीवी खरेलले बताउनुभयो । आगन्तुकले चिडियाखाना छिर्नासाथ मोबाइल एप्समार्फत चिडियाखानासम्बन्धी जानकारी पाउन सक्छन् । प्रवेशद्वार नजीकै सूचना कक्ष हुने छ ।
    उहाँले भन्नुभयो, “कक्षमा छिर्नासाथ आगन्तुकले आफूलाई चाहिने आवश्यक सबै जानकारी पाउन सक्छन् ।” दर्शकले भित्र छिर्नासाथ कम्प्युटरमा दबाएर सबै सूचना पाउन सकिने उहाँले बताउनुभयो । मोबाइल एप्स र डिस्प्लेमार्फत आगन्तुकले त्यहाँका पक्षी र जनावरका बारेमा जानकारी पाउन सक्नछन् ।
    उहाँले भन्नुभयो, “कुन बाटोबाट कुन जनावरको खोर छ भन्ने जानकारीदेखि ती जनावरका बारेमा जानकारी आगन्तुकले पाउन सक्छन् ।” सूचना कक्षमा केही समय बिताउँदा अध्ययन÷अनुसन्धान गर्ने व्यक्तिले पनि महत्वपूर्ण जानकारी पाउन सक्नेछन् । जनावरमा अहिले १२४ प्रजातिका ८३७ जनावर छन् । त्यहाँ भौतिक सुधारका कामसमेत अघि बढिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij