आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘कोटा’ वृद्धिबारे छलफल

  • प्रकाशित मिति : सोमवार, साउन ७, २०७५



  • काठमाडौँ, ७ साउन (रासस) ः नेपाल र गणतन्त्र कोरियाबीच रोजगारी अनुमति प्रणालीअन्तर्गत थप नेपाली श्रमिकलाई अवसर दिनेबारे छलफल भएको छ ।

    नेपाल–कोरिया परामर्श संयन्त्रको चौथो बैठकमा कोरियामा कार्यरत नेपाली कामदारको हकहित तथा सुरक्षाका साथै पारस्परिक चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    कोरियाली विदेश मन्त्रालयमा आज भएको उक्त बैठकमा नेपाल–कोरिया सम्बन्धका समग्र पक्षको समीक्षा गरिएको थियो भने उच्चस्तरीय भ्रमण आदानप्रदान, पर्यटन, व्यापार, लगानी, नागरिक उड्डयन, मानव संशाधन विकासबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।

    बैठकमा नेपाली पक्षको प्रतिनिधित्व परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल र कोरियाको नेतृत्व त्यहाँको विदेश मन्त्रालयमा दक्षिण एशिया तथा प्रशान्त विभागका महानिर्देशक किम युन योङले गर्नुभएको थियो ।

    नेपाल र गणतन्त्र कोरियाबीच सन् २००१ मा परामर्श संयन्त्र गठन भएको थियोे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij