बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

जातीय पहिचान जोगाउन संग्रहालय

  • प्रकाशित मिति : मङ्लबार, साउन ८, २०७५



  • भद्रपुर, ८ साउन (रासस) – लोपोन्मुख मेचे समुदायको जातीय पहिचान झल्काउने संग्रहालयका लागि सामाजिक सहयोगबाट भवन निर्माण गरिएको छ ।

    मेचीनगर नगरपालिका–११ मा मेचे समाज शिवियारी आफातले तीन कोठा भएको पक्की भवन निर्माण गरेको हो । संग्रहालयमा मेचे समुदायले प्रयोग गर्ने जातीय पोशाक दोखना, अस्कोट, गञ्जी, गम्चा, गरगहनादेखि संस्कार, कला र संस्कृति झल्किने सामग्री राख्ने तयारी भइरहेको मेचे समाज शिवियारी आफातकी जिल्ला सचिव गंगा मेचेले बताउनुभयो ।

    आदिवासी जनजाति उत्थान प्रतिष्ठानको रु २५ लाख र मेचे समुदायबाट संकलित रु पाँच लाख गरी रु ३० लाखको लागतमा संग्रहालय भवन बनाइएको हो । भवन निर्माणका लागि स्थानीय नरेन्द्र मेचे र विष्णु मेचेले एक कट्ठा चार धुर जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । नेपाल सरकारले लोपोन्मुख आदिवासीको रुपमा सूचीकृत गरेको मेचे समुदायको बसोबास नेपालको झापा जिल्लामा मात्र छ ।

    विसं २०६८ को जनगणनाअनुसार मेचे समुदायको जनसंख्या पाँच हजार २०० रहेको छ । सरकारले यो समुदायलाई लोपोन्मुख जाति भनेर मासिकरुपमा सामाजिक सुरक्षा भत्तासमेत प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij