बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

अर्नालाई बचाउन ढिस्को निर्माण

  • प्रकाशित मिति : बुधबार, साउन ९, २०७५



  • चितवन, ९ साउन (रासस) ः चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा राखिएका अर्नालाई बर्सातमा बाढीबाट जोगाउन ढिस्को निर्माण गरिएको छ । गत वर्षको बर्सातमा आएको बाढीका कारण दुई अर्ना मरेका थिए । बाँकी सबै संक्रमणबाट ग्रसित भएका थिए । बाढीकै कारण सोही ठाउँमा राखिएका तीन बाह्रसिंगे हराएका थिए ।

    निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार एक मिटर अग्लो, ६ मिटर चौडा र २० मिटर लामो दुई वटा ढिस्को निर्माण गरिएको छ । पाठकका अनुसार बर्सातमा बाढी आएमा अर्ना ढिस्कोमा बस्न सक्ने बनाइएको छ । बाढीको समयमा सबैतिर पानी भरिँदा ओभानोमा बस्न सहयोग पुग्ने र सामान्य घाँस ओभानोमा उपलब्ध गराउन ढिस्को निर्माण गरिएको बताइएको छ ।

    तारवार गरिएको क्षेत्रमा पानी छिर्ने ठाउँ र बाहिरिने ठाउँमा ढलान गरेर बलियो बनाइएको छ । पाठकका अनुसार पानी बाहिरिने ठाउँमा बाढीले भत्काएर गत वर्ष तीन वटा बाह्रसिंगे भागेका थिए । पानीले खोलेर अर्ना र बाह्रसिंगे बाहिर जान नपाउन भन्नका लागि समयमा नै ढलान गरिएको उहाँले बताउनुभयो । गत वर्ष बाढीका कारण खानाको अभावले सबै अर्ना बिरामी परेका थिए ।

    निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेका अनुसार गत वर्ष बर्सातका कारण खानेकुरा अस्वस्थकर भई अर्नामा परजीवी फैलिएको थियो । लामो समयसम्म उपचार र बाहिरबाट पोषण एवम् खानेकुरा खुवाएपछि अर्ना बचेको उहाँले बताउनुभयो । हाल दैनिक हात्तीबाट सो स्थानमा पुगेर अनुगमन गर्ने काम भइरहेको छ । अर्नाको नियमित गोबर परीक्षण गरिएको उहाँले बताउनुभयो ।

    पाठकका अनुसार हाल सो ठाउँमा नौ वटा अर्ना रहेका छन् । ती मध्ये दुई भाले र अन्य पोथी छन् । सोही ठाउँमा एउटा पोथी बाह्रसिंगे छ । तीन वटा अर्ना ब्याउने अवस्थामा रहेको बताइएको छ ।

    गत वर्ष कोशीटप्पुबाट अर्ना र शुक्लाफाँटाबाट बाह्रसिंगे ल्याइएको थियो । निकुञ्जभित्र पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमीनलाई विद्युतीय तारबार गरेर कोशीबाट ल्याइएका १२ र जावलाखेलको सदर चिडियाखानाबाट ल्याइएका तीन सहित १५ अर्ना राखिएको थियो । चिडियाखानाबाट ल्याइएका तीन वटा अर्ना पहिला नै मरेका थिए । बाढीले दुई र बाघले खाएर एउटा अर्ना मरेपछि नौ वटा बाँकी रहेका हुन् । बाह्रसिंगे सात वटा ल्याइएकामा तत्कालै तीन वटा मरेका थिए भने तीन वटा बाढी सँगै हराएको र एउटा बाँकी रहेको पाठकले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij