बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सुनसरी घुस्कीमा तनाव

  • प्रकाशित मिति : बिहिबार, साउन १०, २०७५



  • इनरुवा, ९ साउन – सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउपालिका–६ र ७ घुस्कीका बासिन्दा र सशस्त्र प्रहरीबीच तनाव सिर्जना भएको छ ।

    स्थानीय बासिन्दालाई धपाउनका लागि प्रहरीले गोली चलाउँदा दुई जनालाई गोली लागेको छ । सशस्त्र प्रहरीको गोली लागेर हरिनगर–६ घुस्कीका कैजुम मियाँ र महिजान खातुन घाइते भएका छन् । घाइते मियाँ र खातुनलाई उपचारका लागि विराटनगर पठाइएको छ । प्रहरीले २० राउण्ड हवाइफायर गरेको स्थानीय बासिन्दाले जिकिर गरेका छन् । सशस्त्र प्रहरीले भने आत्मरक्षाका लागि सात राउण्ड हवाइफाइर र अश्रुग्यास प्रहार गरेको जनाएको छ । घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षकसहितको नेतृत्वमा ९० प्रहरी परिचालन गरिएको छ भने गाउँपालिकाका अध्यक्ष गफार अंसारीको पहलमा वार्ता भइरहेको छ ।

    सीमासुरक्षा बल सशस्त्र बेस क्याम्प घुस्कीले आफ्ना प्रहरीसमेत घाइते भएको जिकिर गरेको छ । आक्रोशित बासिन्दाले गरेको आक्रमणबाट सशस्त्र प्रहरी जवान भीम सुन्दास, प्रहरी नायब निरीक्षक दिलबहादुर तामाङ, हवल्दार सुभाष यादव, सशस्त्र प्रहरी हवल्दार नेत्र बस्नेतलगायत घाइते भएको जनाइएको छ ।

    घटनापछि अपराह्न साढे ४ बजेदेखि राति अबेरसम्म घुस्की बजार तनावग्रस्त रह्यो । घुस्की बजार क्षेत्र र सशस्त्र तथा नेपाल प्रहरीको चौकी घेराउ गर्नाका साथै दर्जनौँ स्थानमा टायर बालेर स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् । गाउँपालिकाका उपाध्यक्ष रिमझिम भगतले महिलामाथि हातपात गर्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले रासससँग कुरा गर्दै महिलाले गल्ती गर्दैमा यथार्थ कुरा पत्ता नलगाई दुव्र्यवहार गर्नु आपत्तिजनक विषय भएकाले त्यस्ता व्यक्ति वा प्रहरीलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij