आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पत्रकार खतिवडाको निधनप्रति दुःख व्यक्त

  • प्रकाशित मिति : बिहिबार, साउन १०, २०७५



  • राजविराज, १० साउन (रासस)- नेपाल पत्रकार महासंघ शाखा सप्तरीले वरिष्ठ पत्रकार रामप्रसाद खतिवडाको असामायिक मृत्युप्रति दःुख व्यक्त गरेको छ ।

    महासंघका कार्यवाहक अध्यक्ष श्यामसुन्दर यादवद्वारा आज जारी विज्ञप्तिमा माइक्रो बस दुर्घटनामा परी राजविराज–७ निवासी ७२ वर्षीय वरिष्ठ पत्रकार खतिवडाको मृत्युप्रति दुःख व्यक्त गरिएको हो ।

    पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा रहेर सप्तरीको पत्रकारिताको विकासमा उहाँले पु¥याउनुभएको योगदान एवं अभिभावकत्व स्मरणीय रहेको भन्दै महासंघ सप्तरीले शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी कामना गरेको छ ।

    यस्तै प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले वरिष्ठ पत्रकार रामप्रसाद खतिवडाको सवारी दुर्घटनामा परी मृत्यु भएको दुःखद् खबरले स्तब्ध तुल्याएको बताउनुभएको छ ।

    प्रदेशसभा सदस्य न्यौपानेद्वारा बुधबार जारी विज्ञप्तिमा प्रेस चौतारी नेपालका संस्थापकसमेत रहनुभएका खतिवडाले लोकतान्त्रिक र बामपन्थी आन्दोलनमा पु¥याएका योगदान अविस्मरणीय भएको उल्लेख गर्नुभएको छ । स्व खतिवडाका पत्नी राधा देवी खतिवडा, छोरा गिरिन्द्रराम खतिवडा र दुई छोरी हुनुहुन्छ ।
    –––

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij