प्रकाशित मिति : शुक्रबार, साउन ११, २०७५
चितवन, ११ साउन – काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।
अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिनुभयो ।
–––
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij