आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्यान्सरपीडितलाई सहयोग

  • प्रकाशित मिति : सोमवार, साउन १४, २०७५



  • इटहरी, १४ साउन –  क्यान्सर रोगद्वारा पीडित विकास राईलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

    आर्थिक अवस्था कमजोर भएका उदयपुर कटारी निवासी राईलाई धरानमा आइतबार आयोजित कार्यक्रममा रु एक लाख तीन हजार ६५० रकम सहयोग प्रदान गरिएको हो ।

    लामो समयदेखि धनकुटाको भेडेटारमा कुकको काम गर्दै आएका क्यान्सर पीडित राईलाई केही महिनाअघि मलद्वारमा क्यान्सर भएपछि उपचार गर्न पैसा नभएकाले उनका परिवारले सामाजिक सञ्जालमा ज्यान बचाउन सहयोगका लागि अपिल गर्नुभएको थियो ।

    सामजिक सञ्जालको अपिल देखेर नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेस बर्दियाका महासमिति सदस्य जन्मजय तिमिल्सिनाले नेपाल दक्षिण कोरिया जनसम्पर्क समितिसँग पहल गरी उक्त रकम संकलन गरी नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईलाई उपलब्ध गराउनुभएको थियो ।

    कार्यक्रममा नेपाली काँग्रेस धनकुटा क्षेत्र नं १ का क्षेत्रीय सभापति जीतेन्द्र रुम्दाली, नेपाल आदिवासी जनजाति संघ, सुनसरी सभापति नन्दराज राई, नेपाल तरुण दलका सचिव प्रेमकुमार राई, नेपाल तरुण दल धनकुटा सभापति तिलक महतलगायतले सहयोगको कार्य सराहनीय भएको धारणा राख्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij