बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

जुवाडे विरुद्ध मुद्दा दर्ता

  • प्रकाशित मिति : मङ्लबार, साउन १५, २०७५



  • नवलपरासी, १५ साउन (रासस) । पूर्वी नवलपरासीको देवचुली नगरपालिकास्थित दलदलेको एक घरमा जुवा खेल्दै गरेका ६ जना जुवाडेलाई पक्राउ गरी आजै प्रहरीले मुद्दा दर्ता गरेको छ ।

    उनीहरुलाई जुवा ऐनअनुसार कारवाही गर्न मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जानकारी दिएको छ । उनीहरुबाट रु ३३ हजार ३५५ पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

    देवचुली नगरपालिका–१३ स्थित सन्तोष मगरको घरमा जुवा खेल्दै गरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा लगिएको छ ।

    जुवाडेलाई जिल्ला अदालतबाट म्याद थप गरेर पुर्पक्षका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । उनीहरुबाट प्राप्त रकम जफत र हदैसम्मको कारवाही माग गरेर प्रहरीले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij