बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

महिला सञ्जालद्वारा कारवाही गर्न माग

  • प्रकाशित मिति : बुधबार, साउन १६, २०७५



  • काठमाडौँ, १६ साउन  – अन्तरपार्टी महिला सञ्जालले कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ निवासी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घट्नाको शीघ्र छानबिन गरी दोषीलाई कडा सजाय गर्न माग गरेको छ ।

    घटना भएको एकसाता बितिसक्दा पनि स्थानीय प्रशासनले घटनाका अपराधी पत्ता लगाउन नसकेको र घटनाप्रति गम्भीरता नदेखाएको भन्दै सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    गत बिहीबार बिहान ११ बजे साथीको घरमा गएकी उक्त बालिकाको शुक्रबार भिमदत्त पन्त नगरपालिका–१८ निमखुखेडास्थित उखुबारीमा शव फेला परेको थियो । सञ्जालद्वारा जारी विज्ञप्तिमा घटनाको छानबिन गरी अपराधीपत्ता लगाई सर्वस्वहरणसहित आजीवन कारबासको सजाय गर्न माग गरिएको छ ।

    सञ्जालका अध्यक्ष नीलम बर्मा र महासचिव कल्याणी रिजालद्वारा विज्ञप्तिमा बलात्कृत बालिकाका आफन्तलाई उचित क्षतिपूर्ति दिन सरकारसँग अपिल गर्दै बालिकाप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

    सञ्जालले महिला तथा बालबालिकामाथि हिंसा र अपराधका घटना बढेको भन्दै सुरक्षा व्यवस्था मजबुत बनाई शान्तिपूर्ण जीवनयापनको वातावरण सिर्जना गर्न सरकार समक्ष माग गरेको छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij