बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मन्त्रालयको छवि सुधार्न मन्त्री अर्यालको निर्देशन

  • प्रकाशित मिति : आइतवार, साउन २०, २०७५



  • काठमाडौँ, २० साउन  – नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयको छवि सुधार्दै जनताको मन छुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

    देश संघीय संरचनामा अगाडि बढेको र स्थायी सरकार भएका कारण जनताको ठूलो अपेक्षा यो सरकारप्रति रहेको बताउँदै आज मन्त्रालयमा निर्देशन दिँदै मन्त्री अर्यालले भन्नुभयो, “हिजोको जस्तो आरोपप्रत्यारोप गरेर कामबाट मुक्त हुने अवस्था कर्मचारीलाई अब छैन । देश परिवर्तनका लागि स्थायी सरकार निर्माण भएका कारण कर्मचारीले पनि तन मन लगाएर काम गर्नुपर्छ ।”

    यसअघि स्वास्थ्यराज्यमन्त्री रहनुभएका अर्याल गत शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका रुपमा नियुक्त हुनुभएको थियो ।

    उहाँले सेवाग्राहीप्रति नम्र, शिष्ट र शालीनरुपमा प्रस्तुत हुन आग्रह गर्दै मालपोत, नापीमा जाँदा जुन गुनासा सुनिएका छन् ती गुनासा अब आए भने त्यसको जिम्मेवारी मन्त्रालयमा बस्ने कर्मचारीले पनि लिनुपर्ने हुन्छ भन्नुभयो ।

    मन्त्री अर्यालसमक्ष मन्त्रालयका सचिव गोपिनाथ मैनाली र महाशाखा प्रमुखले मन्त्रालयको भावी योजना र कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij