बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

गाउँपालिकाको नाम हेरफेर गर्न सिफारिश

  • प्रकाशित मिति : आइतवार, साउन २०, २०७५



  • धनगढी, २० साउन -डोटी जिल्लाको बोगटान गाउँपालिकाको नाम हेरफेर गरी ‘बोगटान फुडसिल’ नाम राख्न सिफारिश गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

    प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले गाउँसभा र स्थानीय बासिन्दाको मागबमोजिम डोटीको बोगटान गाउँपालिकाको नाम हेरफेर गरी ‘बोगटान फुडसिल’ गाउँपालिका राख्नका लागि संघीय सरकारसमक्ष सिफारिश गर्ने निर्णय भएको बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।

    मन्त्री शाहका अनुसार बैठकले कैलाली जिल्लाको दक्षिणी क्षेत्रको कैलारी गाउँपालिकाको वडा नं ४ मा पर्ने नवलपुर गाउँलाई वडा नं १ मा समावेश गर्न, डोटीको आर्दश गाउँपालिकाको वडा नं ४ मा पर्ने पातल गाउँलाई वडा नं ५ मा समावेश गर्न तथा डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र वडा नं ४ को गुवाडी टप्वामा सार्न संघीय सरकारसमक्ष सिफारिश गरी पठाउने निर्णयसमेत गरेको छ ।

    बैठकले विपद् व्यवस्थापन तथा राहत कोष विधेयक, २०७५ र सुशासन सम्बन्धमा व्यवस्था गर्न विधेयकको मस्यौदा तर्जुमा गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति दिने, प्रदेशको कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्नेलगायतका निर्णय गरेको छ ।
    –––

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij