आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेपत्ताको शव भेटियो

  • प्रकाशित मिति : आइतवार, साउन २०, २०७५



  • पाल्पा, २० साउन – पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा जीप दुर्घटना हुदाँ दुई जना बेपत्ताको शव फेला परेको छ । तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन् । जीपले च्यापेको अवस्थामा दुई जनाको शव आज उद्धार टोलीले भेटाएको हो ।

    आज बिहानदेखि नै नेपाल प्रहरी, शसस्त्र, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा मृतकको शव घटनास्थलबाट बाहिर निकालेका हुन् । जीपले च्यापेको अवस्थामा दुई जनाको शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनास्थलबाट दुवै जनाको शव जिल्ला अस्पताल पाल्पामा ल्याएर परीक्षण गरी आफन्तले दाहसंस्कार लागि लगेका छन् ।

    ठिमुरेको नेटा बजारदेखि तानसेन आउँदै गरेको बा१च ८९७० नम्बरको टोयटा जीप शनिबार साँझ धारदीगैरामा दुर्घटना हुदाँ दुई जना बेपत्ता भएका हुन् । शनिबार साँझ प्रहरीसहित स्थानीयबासिन्दाले दुर्घटनास्थल भीर, खोल्सो र वर्षाका कारण गाडी र शव फेला पार्न सकेको थिएन ।
    –––

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij