आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साहित्यकार यज्ञनिधिको निधन

  • प्रकाशित मिति : शुक्रबार, साउन २५, २०७५



  • काठमाडौँ, २५ साउन (रासस)-साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको आज साँझ निधन भएको छ ।

    लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको उहाँका भाइ पुष्पनिधि दाहालले जानकारी दिनुभयो ।

    मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना हुनुभएको थियो । दुई दशकअघि उहाँको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलासिस गर्ने क्रममा बेहोस हुनुभएपछि उहाँलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो ।

    मस्तिष्कघातका कारण उहाँ मण्डिखाटारस्थित निवासमा लड्नुभएको थियो । चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्न सल्लाह दिएपछि आज उहाँलाई थप उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो ।
    खोटाङमा जन्मनुभएका यज्ञनिधिले रेडियो नेपालमा लामो समय ‘साहित्य संसार’ कार्यक्रम सञ्चालन गर्नुभएको थियो । हाल उहाँले रेडियो अन्नपूर्णमा हरेक शनिबार ‘जदौँ’ कार्यक्रम चलाउँदै आउनुभएको थियो । उहाँका निबन्ध, कविता, गीत, समीक्षा, व्यङ्ग्य आदि प्रकाशित छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij