प्रकाशित मिति : शनिबार, साउन २६, २०७५
नेपाली काँग्रेसका नेता राजिव कोइरालाले प्रजातान्त्रिक समाजवादका विषयमा गहन अध्ययन गर्न युवा पुस्ता सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
तरुण दलले आज सुनसरीको इटहरीमा आयोजना गरेको प्रशिक्षण शिविर कार्यक्रममा उहाँले भन्नुभयो, “काँग्रेसको संगठनलाई सबल, सक्षम र सशक्त बनाउन तरुण दलमा लागेका युवा प्रशिक्षित हुनुपर्दछ ।”
तरुण दलको पूर्वअध्यक्ष एवं प्रमुख प्रशिक्षक विनोद कायस्थले तरुण दलका युवाले पार्टीको नीति, सिद्धान्तसँगै अन्य राजनीतिक दलको नीति कार्यक्रम र योजनाका विषयमा समेत गहन अध्ययन गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
तरुण दल इटहरीका अध्यक्ष विष्णु खत्रीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज इटहरी उपमहानगरपालिकास्थित पकलीमा आयोजित रक्तदान कार्र्यक्रममा ३३ जनाले रक्तदान गर्नुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij