बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

जिल्ला निर्वाचन अधिकारी रायप्रति श्रद्धाञ्जली

  • प्रकाशित मिति : आइतवार, साउन २७, २०७५



  • बर्दिवास, २७ साउन (रासस) – जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख (जिल्ला निर्वाचन अधिकारी) पिङ्की रायको निधनले यहाँ शोक छाएको छ । भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार ३७ वर्षको अल्पायुमै निधन भएकी रायको पार्थीव शरीरमा आज बिहान जलेश्वरमा जिल्लाका राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल र सामाजिक सङ्घ संस्थाका प्रतिनिधि एवं सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    रायको पार्थीव शरीर जिल्ला निर्वाचन कार्यालय महोत्तरी परिसरमा आज बिहान ल्याएर राखिएपछि जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहितका सरकारी अधिकारी, राजनीतिक दल र सामाजिक सङ्घ संस्थाका प्रतिनिधि र सयौँ सङ्ख्यामा सर्वसाधारणले पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । रायप्रति श्रद्धाञ्जली चढाउँदै प्रमुख जिल्ला अधिकारी ढकालले मुलुकले एउटा कर्तव्यनिष्ठ अनुशासित अधिकृत गुमाएको बताउनुभयो ।

    विसं ०३७ सालमा महोत्तरीको जलेश्वर नगरपालिकाको अन्कार बखरीमा जन्मेकी रायले ०६७ मा शाखा अधिकृत पदबाट सेवाप्रारम्भ गर्नुभएको थियो । सेवाप्रारम्भदेखि नै जिल्लामा जिल्ला निर्वाचन अधिकारी भएर खटिनुभएकी रायकै कार्यकालमा विसं ०७० को संविधानसभा निर्वाचन र ०७४ मा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको जिल्लावासीले सम्झेका छन् ।
    रायको आजै जनकपुरधामको पवित्र धार्मिकस्थल गङ्गासागर किनारअवस्थित स्वर्गद्वारमा अन्तिम संस्कार गरिने परिवारजनले जानकारी दिएका छन् ।

    कार्यालयमा काम गरिरहँदा तीन महिनाअघि अचानक बेहोस भएर लडेपछि रायलाई उपचारार्थ काठमाडाँै लगिएको थियो । काठमाडौँमा उहाँलाई ब्रेनट्युमर भएको पत्ता लागेपछि थप उपचारका लागि भारतको दिल्लीस्थित गङ्गाराम अस्पतालमा शल्यक्रिया गरिएपछि क्यान्सर भएको चिकित्सकले बताएको काका शिवपूजन रायले बताउनुभयो । त्यसपछि रायलाई दिल्लीकै राजीव गान्धी अस्पतालमा उपचार थालिएको थियो । त्यही नै रायको शुक्रबार राति निधन भएको हो । रायका पति र एक छोरा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij